एनएमबि बैंकका ग्राहकले बुद्ध एयर र यति एयरबाट आवागमन गर्दा क्यासब्याक अफर पाउने भएका छन् । चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको बैंकले जनाएको छ ।
एनएमबिका ग्राहकले अब बुद्ध एयर र यति एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः रु. ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका हुन ।
क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।