राष्ट्रपति विध्यादेवी भण्डारीकहाँ प्रमाणिकरणकाे लागि पुगेकाे नागरिकता विधेयक फिर्ता भएकाे छ। प्रतिनिधि सभामा पुनरविचार गर्न आवश्यक देखिएकाे जनाउँदै राष्ट्रपतिले विधेयक फ्ता गरेकी हुन् ।
राष्ट्रपतिले विधेयक प्रमाणिकरण वा फिर्ता गर्ने समय साेमबारसम्म थियाे । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा प्रेषित विज्ञप्तिमा संविधानकाे धारा ११३ काे उपधारा ३ बमाेजिम राष्ट्रपतिले विधेयक फिर्ता पठाएकाे जनाइएको छ ।
