बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपाल हस्तकला महासंघको सहकार्यमा आज नेपाल हस्तकला महासंघको कार्यालयमा हस्तकला प्रवद्र्धन तथा उद्यमशीलता विषयक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला उद्योग व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान, देशमा विदेशी मुद्रा भित्रयाउन खेलेको भूमिका, रोजगारी, सिर्जना, बागमती प्रदेशमा हस्तकला ग्राम स्थापना सम्बन्धी ऐनको मस्यौदा र हस्तकला विकास नीतिको मस्यौदा तयार गरी बागमती प्रदेश सरकार समक्ष प्रस्तुत गरेकोे सो अवसरमा जानकारी दिए । उनले सार्वजनिक निजी साझेदारीमा स्थापना हुन लागेको सार्क हस्तकला विकास केन्द्रको भवन तयार भई सकेको हुँदा उक्त केन्द्र जति सक्दो चाँडो संचालन गर्न सहयोग गरी दिनको लागि पनि बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समक्ष विशेष आग्रह गरे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले हस्तकला प्रवद्र्धन र उद्यमशीलता विकासको लागि प्रदेश सरकारले सक्दो सहयोग पु¥याउने वचन बद्धता व्यक्त गरे । उनले लघु, घरेलु तथा साना उद्योगको रुपमा रहेका हस्तकला उद्योगले रोजगारी सिर्जना र आय आर्जनमा खेलेको भूमिकाको प्रशंसा पनि गरे । साथै देशमा यस किसिमका उद्योगबाट रोजगारीको प्रचुर संभावना भएकोले प्रदेश सरकार यी उद्योग व्यवसायहरुको प्रवद्र्धनमा संवेदनशील रहेको र यसमा उपत्यका भित्रका ३ वटै घरेलु तथा साना उद्योग कार्यालयहरुलाई सक्रिय भूमिका खेल्न निर्देशन दिए । उक्त अवसरमा विशिष्ट अतिथिको रुपमा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र बागमती प्रदेश सांसद तथा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले पनि हस्तकला क्षेत्रको विकासमा नेपाल हस्तकला महासंघको भूमिका महत्वपूर्ण भएकोले यस क्षेत्रको समष्टिगत विकासको लागि प्रदेश सरकारले महासंघबाट संचालन गरिने प्रवद्र्धन मुखि कार्यक्रमहरु संचालनमा सहकार्य गर्नुपर्ने धारणा राखे।
उक्त कार्यक्रमका सभापति तथा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्व बाबु पुडासैनीले गोष्ठीमा प्रस्तुत भएका सुझावहरु र नीतिगत तथा प्रकृयागत समस्याहरुको संबोधन गर्न प्रदेश सरकारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाए । साथै उनले जिल्ला तथा वस्तुगत संघहरुको प्रतिनिधिमूलक छाता संस्था नेपाल हस्तकला महासंघसंग प्रदेश सरकारले सहकार्य गर्दा यसबाट यस क्षेत्रको प्रवद्र्धनका लागि परिणाममुखी नतिजा प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रस्तुत गोष्ठीमा नेपाल हस्तकला महासंघका जिल्ला संघ तथा वस्तुगत संघका अध्यक्षहरुले आफ्नो संघसंग सम्बन्धित उद्योग व्यवसायका प्रवद्र्धनको लागि आ–आफ्नो क्षेत्रका समस्या र सुझावहरु प्रस्तुत गर्नु भएको थियो । उपत्यका भित्रका घरेलु तथा साना उद्योग कार्यालयका प्र्रमुखहरु, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, निवर्तमान अध्यक्ष सुरेन्द्र भाई शाक्य, वरिष्ठ उपाध्यक्ष सनम शाक्य, महासंघका उपाध्यक्षहरु दीपेन्द्र शाक्य, अमृत खड्का किरण कुमार स्थापित, दिव्य तारा तुलाधर, दिल्ली रत्न तुलाधर र नविन शाक्य अतिथि रहेका थिए ।
जिल्ला हस्तकला संघ तथा वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु, अग्रणी निर्यातकर्ताहरु कलाकारहरु गरी ४५ जना सहभागी भएको उक्त अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश र नेपाल हस्तकला महासंघको तर्फबाट छुट्टा छुट्टै प्रस्तुति गरिएको थियो ।