शुक्रबार, कार्तिक ७ गते २०८३

रुसमाथिको प्रतिबन्धले बिश्व बजारलाइ चोट

श्रावण २६, २०७९ बिहीबार
रुसमाथिको प्रतिबन्धले बिश्व बजारलाइ चोट

meme.jpg

लोकनारायण सुबेदी

अन्तत: जे हुने सन्देह र अनुमान थियो त्यही भयो । रुसमाथिको पश्चिमा प्रतिबन्धले बिश्व बजारलाई ठूलो चोट पुग्छ भन्ने जे अनुमान थियो त्यही प्रमाणित भएकाे छ । प्रतिबन्धले अहिले पश्चिमा देशको अर्थब्यवस्थालाई पनि नराम्रोसँग निचोर्न थालेको औंल्याइदैछ । रुसमाथि प्रतिबन्ध लगाएपछि पछि हट्नको साटो रुसले पश्चिमा निर्यातलाई दोब्बर प्रतिबन्ध लगाउँदै अघि बढेको छ । रुस त्यसो गर्न सक्षम थियो । किनभने इन्धनको खाशगरी तेलको मूल्य तीब्र गतिले बढेको छ र कम मात्रामा आपूर्ति गर्दा गर्दै पनि तेल निर्यातबाट रुसलाई कुनै ठूलो नोक्सान पुग्न सकेको छैन ।

प्रसिद्ध अमेरिकी बैंक जेपी मर्गनले देख्यो कि तेलको मूल्य कम समयमा नै ३८० डलर प्रति ब्यारेलसम्म पुग्न सक्छ । बैंकले तेल बजारमा यसको प्रबृत्ति र प्रमुख उत्पादहरुबाट आपूर्तिको आधारमा आफ्नो भबिष्यवाणी गरेको हो । वर्तमान विश्व भूराजनीति, जसमा रुसलाई अमेरिका र उसका पश्चिमा सहयोगीहरुबाट ब्यापक प्रतिबन्धको सामना गर्नु परेको छ, प्राथमिक कारणमध्ये एउटा प्रमुख कारण हो ।

यूक्रेनलाई समर्थन गरेका कारण कतिपय यूरोपेली देशहरुलाई रुसद्वारा ग्यास आपूर्ति गर्न बन्द गरिदिएका कारण पहिलादेखिनै प्राकृतिक ग्यासको मूल्यमा ठूलो मूल्य बृद्धि भइसको छ । रुसबाट पारंपरिक आपूर्ति बिना जस्तो कि हुने गरेको थियो, यूरोपेली ग्राहकहरु ग्यासको आपूर्तिका लागि अन्य श्रोतहरुतर्फ लागि रहेका छन् र त्यसले प्राकृतिक ग्यासको सामान्य मूल्यमा बृद्धि भइरहेको छ ।

प्राकृतिक ग्यासको बजार स्वाभावले नै सीमित छ । पाइपलाइृन बिना कुनै पनि दूरीमा प्राकृतिक ग्यासको परिबहन कठीन छ । यसरी जहाँ यो एउटा क्षेत्रमा बढी आपूर्ति हुनसक्ला भने अर्को क्षेत्रमा नहुन पनि सक्छ । उदाहरणका लागि अमेरिकासँग प्राकृतिक ग्यासको लागि पर्याप्त उत्पादन सुबिधाहरु छन् तर यूरोपका आफ्ना सहयोगी देशहरुमा रातारात सहज किसिमले उसले ग्यास आपूर्ति गर्न सक्तैन ।

ग्यास धेरै टाढासम्म लैजाने तरीका यसलाई द्रबिभूत गर्नु हो र समयको तत्कालीन आवश्यकताको तुलनामा यी द्रबिकरणका सुबिधाहरु क्म र बहुत टाढाको सम्भावनाका कुरा हुन् । भनिन्छ बर्तमानमा कतारमा यस प्रकारकाक सुबिधाहरुले केही काम गरिरहेका छन् । त्यसरी नै अष्ट्रेलिया, रुसल पनि केही यस्ता सुबिधाहरु स्थापित गरिरहेका या गरिसकेका छन् । दुर्भाग्यबश ऊर्जाको नराम्रोसँग अभाव ब्यहोरिइरहेका देशहरुका लागि केही अमेरिकी एलएनजी संयनत्रहरुलाई केही सुरक्षा र सुरक्षाका कारणहरुले गर्दा अस्थायीरुपमा बन्द पनि गर्नु परिरहेको छ ।

यसको बिश्व अर्थब्यवस्थमाथि बिनाशकरी र घातक नकारात्मक असर पर्न जानेछ । यसमा एशियाको एउटा उदाउँदो मानिएको देश भारत पनि नराम्रोसँग प्रभावित हुने छ । किनभने भारतले आफ्नो तल खपतकाके लगभग ७५–८० प्रतिशत तेल आयात गर्नु परिरहेको छ । अनि उसले निरन्तर यसको आपूर्तिमा ध्यान केन्द्रित गरिरहनु पर्ने हुन्छ ।

कुनै पनि दरमा झण्डै ४०० डलर प्रति ब्यारेल तेलको  उच्च मूल्यले  भारतीय अर्थब्यवस्थाको सञ्चालनलाई प्रभावित गर्न सक्छ । भारतलाई एक्लोरुपमा लिदा अहिलेसम्म पनि त्यो देश राम्रै स्थितिमा रहेको देखिन्छ तर कतिपय अन्य उदाउँदा र गरीब देशहरु भने गम्भीररुपमा घोर गरीबीको खाडलमा खस्न सक्छन् ।

कच्चा तलेको मूल्यहरुको यस स्तरमा भारतमा नै पेट्रोलियम पदार्थकाके खुद्रा मूल्य चार गुणा बढेर प्रति लिटर ३५० देखि ४०० रुपैयासम्म बढ्न सक्छ । तेलको बिक्रीमा कर सहुलियत दिदा पनि पेट्रोलियम उत्पादनको मूल्यततलाई त्यस स्तरमा ल्याउन सकिने छैन भन्ने आँकलन गरिदैछ जुन स्तरमा ल्याउँदा अर्थ ब्यवस्थालाई कायम राख्न सकिने हुन्छ ।

जेपी मर्गनले के भनेका छन् भने तेल र ग्यासको आपूर्तिमा ब्यवधानबाट कमीको वरपर भावनाहरुलाई बढावा मिलिरहेको छ र बर्तमान स्थितिम त्यसको मूल्य बढिरहेको छ । यद्यपि यो रुपान्तरित हुन पनि सक्छ र बैश्विक अर्थब्यवस्थामा थोरै सुधार हुँदा तेलको मूल्यमा बृद्धिकासाथै एउटा अर्को बास्तबिक  संकट उत्पन्न हुनसक्छ । कोभिड महामारीले अर्थब्यवस्थालाई मन्द तुल्याइदिएको थियो, यसपछि अन्तिम परिणाम पुनप्र्राप्ति प्रकृया एकाएक उल्टो हुन पनि सक्छ ।

बर्तमानमा तेल बजारको रिपोर्टबाट के संकेत मिल्दछ भने बिश्व तेल बजारमा मन्दीको भावनाले तेजीलाई बाटो दिइरहेको छ । यो मूख्यरुपले कोभिड महामारीको सम्भावित अन्त्य र बिश्व आर्थिक सुधारको बहालीको ब्याख्याहरुमाथि छ । त्यसमा पनि महत्वपूर्ण बिन्दू यूक्रेनमा जारी युद्ध नै हो ।

रुसमाथिको ब्यापक प्रतिबन्धले रुसबाट सम्भावित तेल निर्यातको एउटा ठूलो हिस्सालाई बजारसम्म पुग्न रोकिराखेको छ । निसन्देह अहिले पनि रुसले आफ्नो तेल उत्पादनलाई बेचिरहेको छ । यद्यपि यो बिक्री बितरण केवल उत्पादक र खरिदकर्ताका बीच सोझो सम्पर्कको स्तरबाट मात्र भइरहेको छ ।

रुसमाथिको प्रतिबन्धले बिश्व बजारमा आघात र्पो र पश्चिमा देशहरुको अर्थब्यवस्थालाई पनि निचोर्ने बाटो लिइरहेको छ । प्रतिबन्ध लगाइसकेपछि त्यसबाट पछि हट्नको साटो रुसले पश्चिममा निर्यात प्रतिबन्धित हुनुको साटो दोब्बर निर्यात भइरहेको जानकारहरु उल्लेख गर्दछन् । रुसले त्यसो गर्न किन सक्षम थियो भने प्रतिबन्धले तेलको मूल्य तीब्ररुपमा बढ्न गइरहेको थियो भने कम मात्रामा आपूर्ति हुँदा पनि तेल निर्यातले नाफा या कमाई बढेको थियो र नोक्सान भइरहेको थिएन ।

यदि केही हुन्थ्यो भने पनि रुसको आय तुलनात्मक रुपले बढ्नै थियो र रुसका लागि शत्रुता कायम राख्न पनि यही पर्याप्त थियो । एउटा अनुमानका अनुसार तेल र ग्यासको मूल्यको मौजूदा स्तरमा रुसले आफ्नो राजश्वमा बढी नोक्सान नपारीकन तेल उत्पादनमा प्रति दिन ६० लाख ब्यारेल कटौति गर्न सक्तथ्यो । त्यसले यूक्रेनका पश्चिमा समर्थकहरुलाई गम्भीरुपमा दृण्डित गर्न सक्तथ्यो ।

निश्चय नै रुसले यूरोपेली देशहरुमा तेल निर्यातमा ठूलो कटौति गरेको छ । त्यसमा पनि धेरै जर्मनीमा गरेको छ । त्यसले गर्दा जर्मनीले एक प्रकारले इन्धन राशनिङ्ग लागु गरेको छ भने रुसी शर्त अनुसार रुबलमा बढी मूल्य दिन पनि अस्वीकार गरिदिएको छ । त्यसैले पश्चिमा देशहरु जो यूरोपेली संघको सदस्य छन्, तिनले तेलमाथि एक प्रकारको मूल्य सीमा लगाउने कुरामा बिचार गरिरहेका या गरिसकेका छन् । आसन्न यस खतराको सामना गर्नका लागि रुसले बिश्व बजारमा तेल उत्पादन र आपूर्तिमा अझ कटौति गर्ने धम्की दिइरहेको छ ।

यतिबेल रुस भर्सेस यूरोपेली संघकोरुपमा दुबै पक्ष कडाईका साथ प्रस्तुत हुँदा बिश्वमा सबैका लागि तेल र ग्यासको मूल्य अझ बढ्न सक्ने सम्भावना कायमै छ । यस्तो स्थितिले दीर्घकालीन रुपमा प्रभाव पर्ने हुँदा यो इन्धन ऊर्जाको बिकल्पको पनि खोजी हुन थालेको  छ। एक थरीले हाइड्रोजन ग्यासलाई यसको बिकल्पकोरुपमा प्रयोग गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छ् । अनि स्वच्छ कोइलाको नयाँ प्रबिधि पनि बिकास गर्ने सोच समेत चर्चामा आइरहेको छ ।