बुधबार, भाद्र ३ गते २०८३

आइएमई जनरल इन्स्योरेन्सका सीइओ श्रेष्ठलाई दोश्रो कार्यकाल

श्रावण २४, २०७९ मंगलबार
आइएमई जनरल इन्स्योरेन्सका सीइओ श्रेष्ठलाई दोश्रो कार्यकाल

 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । साउन २३ गते देखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुनु भएका हुन् । 

श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत रहेका छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति गर्न सफल भएको जनाएको छ । 

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीका पुनःनियुक्त सीइओ श्रेष्ठलाई बधाई दिए । 

कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।