शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकले कमायो ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा

श्रावण २०, २०७९ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकले कमायो ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा

 

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व. २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । जसअनुसार गत आ.व.मा बैंकले रु. ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । आ.व. २०७७/७८ मा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैंया रहेको थियो । कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको बैंकले जनाएको छ ।  

आ.व. २०७८/७९ को बैंकको खुद ब्याज आम्दानी रु. ९ अर्ब ६७ करोड, कुल सञ्चालन आम्दानी रु. ११ अर्ब २७ करोड, संचालन नाफा रु. ७ अर्ब १ करोड, कुल समग्र आम्दानी रु. ३ अर्ब ८ करोड तथा वितरणयोग्य मुनाफा रु. ३ अर्ब ३ करोड रहेको छ । 

२०७९ आषाढ मसान्तमा बैंकको निक्षेप रु. २ खर्ब ५९ अर्ब र  खुद कर्जा तथा सापट रु. २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी आएको छ भने कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । 

बैंकको पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर ४.२९ प्रतिशत, कोषको लागत दर ६.०१ प्रतिशत तथा प्रतिशेयर आम्दानी रु. ३४.९० रहेको छ । यस अवधिमा बैंकले निष्क्रिय कर्जा अनुपातमा २ प्रतिशतमा झारेको छ ।