सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यकाे निर्वाचन गर्ने घोषणा गरेको हो ।
निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । यता बुधबार बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्ने सहमति बनेको हो।