शुक्रबार, कार्तिक ७ गते २०८३

पुनर्जीवित

श्रावण १९, २०७९ बिहीबार
पुनर्जीवित

 

 

क्रिस्टियन रोबेरो दियाज़को संक्षिप्त जीवनी

क्रिस्टियन रोमेरो दियाज़को जन्म फेब्रुअरी १, १९७९ मा चिलीको स्यान्टियागोमा भएको थियो । कवि, लेखक, कलाकार, शेफ र आफ्नै रेडियो कार्यक्रम (Vivir es sentir) "AHH अह उत्सुक डेलमामा)"। उनले बिभिन्न महाद्वीपका धेरै प्रतियोगिताहरूमा भाग लिइसकेका छन्, जस्तै  “La Barca de Papel”, “Poesía de Post-vanguardia” and “Raíces del Alma”। उनीसंग २०१४ journal “La Voz hispana en New York” Newspaper लेर २०२१ मा पोलिश र ग्रीक पत्रिकाहरूले अन्तर्वार्ता लिएका थिए । उनले विश्वभरि बिभिन्न उत्सवमा भाग लिइसकेका छन् जस्तै “Paper Fiber Fest” and “Festival Concha de Luz” । उनका कविताहरू विभिन्न भाषाहरूमा अनुवाद गरिएका छन् , जस्तै अंग्रेजी, इटालियन, पोर्तुगाली र ग्रीक।

2015 मा उनको पहिलो पुस्तक “Una Luz Naciente” प्रकाशित भयो । 2016 मा उनलाई जन्मजात नागरिक घोषित गरियो। उनले 2020 र 2022 मा "Chirar Vaullogo  र “El escudo de Plata” पुरस्कार प्राप्त गरे अनि २०२१ मै उनले UHE (Unión HispanoMundial de Escritores)  र चिलेको Mil Mentes por Mexico को अध्यक्ष पदको जिम्मेवारी सम्हाले ।

सटीक

क्रिस्टियन रोमेरो डिआज़

केवल त्यही सडक आफूलाई खोज्दछ अरु हराएका बाटाहरूमा

तिनसँग सच्चा भावना छन् जो शून्यतामा सुन्दरता भर्दछन् 

सबै खोजहरू र प्रत्येक मुस्कानमा समेत

भित्री कोमलता बोकेको अनुहार दुष्ट मृत्युका रंगहरूका सामने

फगत एक विनीत अनुहार हुन् 

जो तिम्रो आत्माभित्र चियाउँछन् 

कमजोर र जिज्ञासु I

रहश्यबाट टाढा भाग्ने, अनि

निर्दोष

म यसै पागलपनका दिन आएकोछुं

दुख र दुर्दशाको

मेरा हातमा कविता झुण्ड्याएर मेरा पेटका समीप पुलाउ

र यी पत्रहरूप्रति कटाक्ष

मसित केही छैन

र केही छ भने पनि

त्यो हो सटीक हुनु

म यहाँ जानका लागि आएको हूँ

म सकिएपछि I

जुलाई २५, २०२२

नेपालीमा अनुवाद कवि सन्तोष कुमार पोखरेल , नेपाल I

santoshkphokhrel.jpg

पुनर्जीवित

कवि क्रिस्टियन रोमेरो डियाज

 

फुटपाथको टाढैबाट चम्कन्छ ठाउँ ,

जहाँ छायाले गनगन गर्छ पखेटाहरूका बिद्रोह्प्रति

पुतलीले आशीर्वाद दिएको निधारमा,

गिलास र मसीको प्रतिज्ञाबाट निस्केकोछ शब्द

आफ्ना नांगा  छातिमा ब्रह्माण्डहरू उमार्नलाई

र निस्केका छन् संगीत मेरो मौनताबाट चिप्लिएर ।

पीडा धेरै छ र मलाई लाग्छ कि यो सामान्य हो

लुकेर बसेका क्षमताहरूले मौनताको रङ्गको सास फेर्न

र यसरी, फूलका भाव्यतासित एकाकार हुन,

चन्द्रमा पस्दछ,

मुस्कुराउने ऐनाहरू र हाँसोका जोर्नीहरू बीच

अनि बेरिएका खंजरले भावना उद्वेलित गर्छ ,

जो धुवाँमा उडेका गीतहरूले बुमेराङलाई पालेका छन्

कि धर्ती आफैं आफ्ना पीडामा हामीलाई समाहित गर्छ  

प्रत्येक दिन सूर्योदयमा, र पुनर्जन्म हुन्छ

प्रबुद्ध मान्छेले हामीलाई प्रेम र प्रकाशको आशीर्वाद दिन्छन्।

 

मेरो हात धेरै पटक मरेको छ

शोकाकुल कणहरूको यो सिरपमय क्षेत्रमा

काल्पनिक शब्दहरू आनन्दका नदीहरूमा जब हलचल गर्छन्, अनि

जसमा यो छाला खिया लागेको समयको गर्भमा बिलाउँछ

आश्चर्यका कर्कस्क्रूको चमत्कारहरू जसको साथ हामी रंगिएका छौं

जीवन, जोश र सोंच जो भावनासंग जोडिएका छन्

जुन ममा अझै नष्ट भएको छैन,              

म उठ्छु अँगालेर ती सबै कुरा

जुन मेरो अस्तित्वका लागि धड्किरह्न्छ।

 

©क्रिस्टियन रोमेरो डियाज

नेपालीमा अनुवाद कवि सन्तोष कुमार पोखरेल

जुलाई २३, २०२२ नेपाल I