शनिबार, आश्विन १७ गते २०८३

प्रा.डा. सूर्य सुबेदी बेलायतकाे हल बिश्वबिद्यालयकाे महाबिद्याबारिधी सम्मानबाट सम्मानित

श्रावण १७, २०७९ मंगलबार
प्रा.डा. सूर्य सुबेदी बेलायतकाे हल बिश्वबिद्यालयकाे महाबिद्याबारिधी सम्मानबाट सम्मानित

 प्रा.डा. सूर्यप्रसाद सुवेदीलाई बेलायतको हल विश्वविद्यालयले प्राज्ञिक क्षेत्रको सर्वाेच्च उपाधि मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ । हल विश्वविद्यालयमा  सम्पन्न एक भव्य दीक्षा न्त समारोहबीच विश्वविद्यालयले प्रा.डा. सुवेदीलाई उपाधि प्रदान गरेको हो । 

दुई वर्षअघि नै सन् २०२० मा नै प्रा. डा.सुवेदीलाई  उक्तविश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभिड–१९ को कारणले त्याे रोकिएको थियो । उक्त विश्वविद्यालयकी कूलपति व्यारोनेस भर्जिनिया बटमलिले प्रा.सुवेदीलाई महाविद्यावारिधिको उपाधि प्रदान गर्नुभएको हो । उहाँले प्रा. सुवेदीको सम्मानमा रात्री भोजको समेत आयोजना गर्नुभएको थियो । 

प्रा. सुवेदीले सन् १९८८ मा उक्त विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भै कानूनमा स्नातकोत्तर गर्नुभएको थियो । हालैमात्र उक्त विश्वविद्यालयले प्रा.डा. सुवेदीको नाममा आधुनिक प्रकारका दास प्रथा उन्मूलन र मानवको मानव भएर बाच्न पाउने विषयमा संसारमा जो सुकैले लेखेको उत्कृष्ट ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कार पनि स्थापना गरिसकेको थियो ।