शनिबार, कार्तिक ८ गते २०८३

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, मूल्य घटेर आए पनि निगमले भने नघटाउने

श्रावण १६, २०७९ सोमबार
भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, मूल्य घटेर आए पनि निगमले भने नघटाउने


भारतीय आयल कर्पोरेसन(आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आईओसीले आज पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा घटेर आएको निगमले जनाएको छ । भारतबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने योजना बनाएको छैन् । यसअघि मूल्य घटेर आउँदा पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा घाटा नै रहेको जनाउँदै मूल्य समायोजन गरेको थिएन।

यसअघि भारतीय आयल कर्पोरेसनले डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा र पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा घटाएर नयाँ सूची पठाएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्नेने क्रम जारी  रहेसँगै यो भाउ अझै घट्ने अनुमान छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ ।