विवादमा आएपछि राजिनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा पुन नियुक्त हुने भएका छन् । उनलाई अर्थमन्त्री नियुक्त गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुटारमा छलफल भएको छ। आजै बेलुकीसम्म उनलाई शपथग्रहण गराउने तयारी रहेका बुझिएको छ ।
अनधिकृत व्यक्तिलाई प्रवेश गराइ बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । त्यस प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन दिएको थियो ।