शनिबार, आश्विन १७ गते २०८३

६ रेक्टर स्केलको भूकम्पको धक्का, तीन घर भत्किए , मानबीय क्षति भएकाे छैन

श्रावण १५, २०७९ आइतबार
६ रेक्टर स्केलको भूकम्पको धक्का, तीन घर भत्किए , मानबीय क्षति भएकाे छैन

६ रेक्टर स्केलको भूकम्पको धक्का ती घर भत्किए, मानबीय क्षति भएको छैन 
आज बिहान ८.१३ बजे खोटाङ्गको मार्तिमबिर्तालाई केन्द्र बिन्दू बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । यसलाई पनि बिज्ञहरुले २०७२ सालको ठूलो भूकम्पकै पराकम्पन हो भनिरहेका छन् । 
यो भूकम्पको धक्काले भोजपुर २ र खोटाङ्गमा एउटा घर भत्किएका छन् तर मानबीय क्षति भने भएको छैन ।

khotang-earth_.jpg

नेपाल भूकम्पीय क्षेत्रमा परेको हुनाले भूकम्प गइरहने गर्छ । तर २०७२ पछि अर्को त्यस्तो भूकम्प आएको छैन । त्यो भूकम्प पछि यता यो आज आएको ठूलो पराकम्पन हो । यस्ता स–सना पराकम्पन आउदै गर्दा ठूलो भूकम्प आउने सम्भावना टर्ने गर्दछ भनिदै आएको छ ।