सिटिजन्स बैंक इन्टरनेसनल उपत्यकाभित्र थप ३ वटा शाखा विस्तार गरेको छ । बैंकले भक्तपुरको सूर्यविनायक, काठमाण्डौं को धुम्बराही र ललितपुरको थसिखेलमा शाखाहरु संचालनमा ल्याएको हो । काठमाण्डौं उपत्यका भित्र अब बैंकका ३५ वटा शाखाहरु पुगेका छन्।
ती शाखाहरूबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए।टि।एम।सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने बैंकले जनाएको छ ।