शनिबार, आश्विन १७ गते २०८३

अमेरिकी सहायक बिदेश मन्त्री लु फेरि आज नेपाल आउदै

श्रावण १२, २०७९ बिहीबार
अमेरिकी सहायक बिदेश मन्त्री  लु फेरि आज नेपाल आउदै

काठमाडौं । आज साँझ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुईदिने भ्रमणका क्रममा  नेपाल आउने भएका छन् । नेपालकाे हित बिपरीतकाे कथित अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेनज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गराउन लुले दबाबकारी र ‘अर्थपूर्ण’ भूमिका खेलेका थिए ।

आजर हुन लागेकाे उनको भ्रमणलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । एमसिसी सम्झौता नेपालको संसद्बाट पारित भइसकेको अवस्था यतिबेला स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) विषय बिशेष चर्चाकाे गम्भीर बिषय छ । राजनीतिक दलहरूको चर्को विरोधका कारण नेपाल सरकारले एसपिपीबाट हात झिक्ने निर्णय भने गरिसकेको छ ।

यसका बि्रूरध्द सडक र सदनमा  चर्को विरोध भएपछि मन्त्री परिषद्को बैठकले नै नेपाल एसपिपीमा सहभागी नहुने निर्णय गरेको थियाे । यद्यपि, नेपाल एसपिपीमा सहभागी नहुने औपचारिक पत्र भने हालसम्म पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पठाएको छैन ।

यतिबेला पराराष्ट्र मन्त्रालयले अमेरिकालाई औपचारिक पत्र नपठाएको रहस्य खोलेपछि त्यसको विरोध सुरु भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले नै एसपिपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन विलम्ब गरिएको आपत्ति जनाउँदै आएका छन् ।

यस्तै परिस्थितिबीच अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउदै छन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुइ दिन नेपालमा रहने बताइएकाे छ ।

उनले नेपाल भ्रमणका क्रममा  प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसकेको थाहा भएको छ । अन्य कुन/कुन नेतासँग उनले भेट गर्ने भन्ने विषय भने हालसम्म सार्वजनिक भएको छैन ।

डाेनाल्ड लु यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका र एमसिसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन राजनीतिक र कूटनीतिक सघन दौडधुप गरेका थिए । यसअघि उनले नेपालका शीर्ष नेताहरूलाई फोन गरेरसमेत एमसिसी अनुमोदनको प्रक्रियालाई अगाडि ठूलाे दबाव दिएका थिए । त्यसैले अहिल पनि उनकाे भ्रम एसपीपीकै सन्दर्भमा भएकाे धेरैले अनुमान गरेका छन् ।