शनिबार, आश्विन १७ गते २०८३

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब ८ करोड

श्रावण ११, २०७९ बुधबार
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब ८ करोड

 

नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्म खुद नाफामा १४।८३ प्रतिशतले वृद्धि गरेको जनाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६।३६ प्रतिशत बढेर ५ अर्ब ९४ करोड ९० लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद  ब्याज आम्दानी गरेको छ ।

असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ३१।४१ प्रतिशत बढेर ६ अर्ब ७२ करोड ७६ लाख १ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १।७२ प्रतिशत घटेर ८ अर्ब २५ करोड ५ लाख ६ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १३।३० प्रतिशत बढेर १ अर्ब २६ करोड ५१ लख ७० हजार रुपैयाँ र वितरण योग्य नाफा २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी १२।६१ प्रतिशत बढेर १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ, जगेडा कोष ३।८३ प्रतिशत बढेर १४ अर्ब ६७ करोड ८० लाख ११ हजार रुपैयाँ, निक्षेप ५।८७ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब ७७ करोड ८७ लाख २४ हजार रुपैयाँ र कर्जा ०।४१ प्रतिशत बढेर १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख ४४ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ ।