राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवर्धनका लागि मिस नेपाल वर्ल्ड २०२२ लाई प्रियंका रानीलाई एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा।लि। बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा।लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेको हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल जोशीलाई नियुक्त गरिएको बताए ।
मिस नेपाल प्रियंका रानीले आफु इतिहास बोकेको सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा खुसी लागेको जनाइन् ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।