एसईई परीक्षाको नतीजा हेर्न सहज बनाउन स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग साझेदारी गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक तह परीक्षा एसईईको नतीजा प्रकाशनको तयारी गरिरहेको छ । विद्यार्थीहरुलाई माध्यमिक तह परीक्षा २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउने विषयमा परीक्षा बोर्ड र स्प्यारो एसएमएसबीच सम्झौता भएको हो । विद्यार्थीले ३५००१ मा एसएमएस गरेर अफ्नो नतीजा थाहा पाउन सक्नेछन् ।
स्प्यारो एक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्षको नतिजा एसएमएसमार्फत हेर्न सकिने व्यवस्था गर्दै आएको छ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् ।
नतिजा एसएमएस मार्फत कसरी हेर्ने ?
विद्यार्थीले एसएमएसमार्फत एसईईको नतीजा हेर्नका लागि मोबाइलको एसएमसमा SEE Symbol No टाइप गरी ३५००१ मा पठाउनुपर्नेछ । तत्कालै नतीजाको बारेमा एसएमसमार्फत नै जानकारी प्राप्त गर्न सकिनेछ ।