शनिबार, आश्विन १७ गते २०८३

सेयर कर्जामा ४ करोडको सीमा हट्यो, १२ करोडको सिमा भने यथावत

श्रावण ६, २०७९ शुक्रबार
सेयर कर्जामा ४ करोडको सीमा हट्यो, १२ करोडको सिमा भने यथावत


नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको प्रतिव्यक्ति प्रतिबैंकको सीमामा संशोधन गरेको छ ।।राष्ट्र बैंकले यस आ.ब.को मौद्रिक निती सार्वजनिक गर्दै  कुल १२ करोडको सिमा भने थथावत राखेको जनाएको छ ।उक्त कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड लिने व्यवस्था हटाउँदै अब प्रतिव्यक्ति १२ करोडको सीमा राख्दैै एक बैंकबाट नै उक्त सीमासम्म कर्जा लिनसक्ने व्यवस्था गरेको छ । 

गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले भन्दै उक्त सीमा लगाएको थियो ।