चालु आर्थिक वर्ष २०७९।८० मा नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकले यस आ.ब.को मोद्रिक निती सार्वजनिक गर्दै सो कुरा बताएको हो । राष्ट्र बैंकले गत आवमा १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो । कर्जा विस्तार उच्च हुँदा आयात बढ्दाल व्यापार घाटासँगै शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा दवाब बढ्दा राष्ट्र बैंकले कर्जा विस्तारलाई नियनत्रण गर्न लागेको हो ।
बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न पनि कर्जा विस्तार नियन्त्रित गर्दै विस्तृत मुद्राप्रदायको विस्तार पनि संकुचन गर्न नीति राष्ट्र बैंकले लिएको छ । गत आवमा विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत हुने प्रक्षेपण गरेपनि एकल अंकमा नै रहने अवस्था रहेकोमा चालु आबमा १२ प्रतिशतको लक्ष्य लिएको छ ।