शुक्रबार, कार्तिक ७ गते २०८३

पराजित मानसिकता

श्रावण ३, २०७९ मंगलबार
पराजित मानसिकता
orental pidit.jpg
इन्द्रनारायणा सबेदी
(शिखरिणी)
=================================
चुनावी रन्कोले गलित तन पार्‍यो थिलथिलो
निराशाको जालो मनभरि बनेको छ अमिलो
थियो यौटा मात्रै प्रमुख पदको नित्य जपना
बनायो हावाले परपर भताभुङ्ग सपना।१।
 
ठुलो डङ्का मेरो प्रतिपल अहङ्कार मनको
निकम्मा भो ऐले तुजुक अनि सर्वस्व धनको
बने मेरा आफ्नै प्रियजन विपक्षी परपरै
गरी निन्दा चर्चा अथकित रहेका घरघरै।२।
 
उपल्लो दर्जाको पदसँग सुसम्बन्ध गहिरो
थियो गाँस्ने इच्छा मनबिच लडाएर पहिरो
गयो मौका व्यर्थै असफल बनायो नियतिले
खुसीयाली मान्छ्न् रमझम बनाएर कतिले।३।
 
थियो कुर्सी प्यारो अनुपम र आधार बलियो
हुने हर्ताकर्ता नगद रुपियाँ पार्न खलियो
निचोरिन्थे कुर्सी उपर म हुँदा सज्जनहरू
शिरैमा टेक्दैछन् डरसरि भएँ के अब गरूँ।३।
 
उफारेका मान्छे पनि अब डराए कति लुके
विपक्षीका साक्षी शरण हुन आफैँ कति झुके
हिँडे साला साली पनि अब सुरक्षा लिन कतै
बुढी झर्को मान्छिन् घर पनि अँध्यारो छ बहुतै।४।
 
हट्यो निद्रा मेरो न त अब मिठो भोक छ यहाँ
छ हारेको पीडा अधिक नमिठो शोक छ यहाँ
कसैले जोड्दैनन् सहजसित निर्धा करहरू
सवारी भो भन्दै अघिपछि हुने को छ र अरू।५।
 
तिनै आसेपासे पनि सब बिराना हुन गए
उनै कुर्सीवालासंँग नजिक भै जोडिन गए
पखाल्दा हुन् मेरै कति विषय खोज्दै गफ चुटी
कसैले बुझ्दैनन् कति छ कति मेरो भुटभुटी।६।
 
लफङ्गा बुङ्गाले वरिपरि घुमाए भर परी
बिराएँ आफैँले जनहित हुने कर्म नगरी
चिनेँ आफ्ना मात्रै नजिक रहने भाइ भतिजा
त्यसैको हो यस्तो असहज र दुर्भाग्य नतिजा ।७।
===================================
२०७९ ज्येष्ठ १२ गते
 
 
 
 
Seen by Indranarayan Subedi at 2:01 PM
 
Enter
 
 
 
 
 
 
 
Write to Indranarayan Subedi