एभरेष्ट बैंकले दुईवटा ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । बैंकले दुवै गरेर कुल ६ अर्ब रुपैयाको ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता एक हजार रुपैया दरको ४० लाख कित्ता ऋणपत्र जारी गर्नेछ भने ६ वर्षका लागि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । ऋणपत्रमा वार्षिक ब्याजदर १०.५ प्रतिशत तोकिएको छ।
यस्तै बैंकले १० वर्षका लागि अर्को एक ऋणपत्र जारी गर्ने पनि अनुमति पाएको छ। एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९ जारी गर्ने स्वीकृति पाएको हो। उक्त ऋणपत्रको वार्षिक ब्याजदर ५।५ प्रतिशत तोकिएको छ।
बैंकको एभरेष्ट उर्जा ऋणपत्र २०८९ ऋणपत्र पनि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता रहने छ। उक्त ऋणपत्रमध्ये बैंकले ८० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि र बाँकी रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।