शनिबार, आश्विन १७ गते २०८३

 बर्षेनी भ्रष्टचार बढ्दो, अख्तियारमा गत आ.व.मा परे २४ हजार उजुरी

श्रावण २, २०७९ सोमबार
 बर्षेनी भ्रष्टचार बढ्दो, अख्तियारमा गत आ.व.मा परे २४ हजार उजुरी


मुलुकमा दिनप्रतिदिन भ्रष्टचार बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाआर्थिक वर्ष २०७८/७९ मा २४ हजारभन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् । सो अवधिमा कूल २४ हजार २४१ वटा उजुरी परेको आयोगले जनाएको  छ ।

आर्थिक वर्ष  २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट १६ हजार १४८ र अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी कुल २४ हजार २४१ उजुरी परेका हुन् । ‘कुल २४ हजार २४१ उजुरीहरु रहेको मध्ये १७ हजार ९८ उजुरी पछर्यौट गरिएका छन् ।अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ६१६ उजुरी बढी परेका छन् ।

गत आर्थिक वर्ष अख्यितारमा भ्रष्टाचार सम्बन्धी कुल २२ हजार ६२५ वटा उजुरी परेका थिए । आर्थिक वर्ष २०७७/७८ मा परेका कुल उजुरीमध्ये १४ हजार ५३२ वटा  उजुरी पछर्यौट भएका थिए । आयोगका अनुसार गत आबमा १३१ मुद्दा विशेष अदालतमा दायर भएका थिए । यस आर्थिक बर्षमा अदालतबाट प्राप्त १४८ फैसला मध्ये ५८ मुद्दा भ्रष्टचारजन्य कायम भएको थियो । गत आवमा अदालतबाट ११३ मुद्दा फैसला भएको र भ्रष्टाचारजन्य कसुर कायम भएको मुद्दा ८१ रहेको आयोगले प्रकाशित गरेको सूचनामा उलेख छ ।