हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले संयुक्त रुपमा घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको धितोपत्र निश्कासन तथा विक्री प्रबन्धकको रुपमा कार्य गर्ने भएका छन् ।
घोराही सिमेन्ट उद्योगले ७९.४३ लाख कित्ता शेयर प्रिमियम मुल्यमा सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्रि प्रबन्धक सम्बन्धि सम्झौता गरेको हो ।
सम्झौता समारोहमा धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडका तर्फबाट संचालक आदित्य संघाईज्यूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बिसं २०६४ सालमा दर्ता भई वि।सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । घोराही क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ।। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ ।