प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले यस विषयमा कुरा उठाएका थिए ।
नेकपा एमालेले अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम राखेपछि गभर्नर अधिकारी विवादमा परेका छन् । संसद र बाहिरसमेत उनको राजिनामाको माग हुँदै आएको छ ।
बैठकमा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएको बैठकमा सहभागी एक नेताले जनाए । अधिकारीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्ने र त्यसको विकल्प नभएको प्रधानमन्त्रीको भनाइ थियो ।