शनिबार, आश्विन १७ गते २०८३

बैंकर्स संघले भन्योः साउनमा ब्याजदर बढाउँदैनौं 

आषाढ २९, २०७९ बुधबार
बैंकर्स संघले भन्योः साउनमा ब्याजदर बढाउँदैनौं 

 

नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने भएको छ । वाणिज्य बैंकहरुले साउन महिनाका लागि निक्षेपमा ब्याजदर ११.०३ माथि नबढाउने  सहमति गरेको हुन् । 

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि तरलता अभाव झेल्दै आएका बैंकलहरुले निक्षेप तान्न लगातार  ब्याजदर बढाउँदै आएका छन् । 

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकामा नेपाली मुद्रामा व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा दिएको भन्दा संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १ प्रतिशत कम ब्याजदर दिन सक्ने व्यवस्था छ । यस्तै कल निक्षेपमा बचतमा दिने न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याजदर दिन सक्ने व्यवस्था छ ।

बैंकहरुबीच भएको भद्र सहमतिअनुसार हाल वाणिज्य बैंकहरुले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।