शनिबार, आश्विन १७ गते २०८३

रिलायलन्स र सानिमा लाइफबीच १ः१ अुनपातमा मर्जरको सम्झौता

आषाढ २९, २०७९ बुधबार
रिलायलन्स र सानिमा लाइफबीच १ः१ अुनपातमा मर्जरको सम्झौता

 

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच १ः१ को स्वाप रेसियोमा मर्जर हुने भएको छ । आज दुवै कम्पनीले मर्जरका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले समझदारीमा हस्ताक्षर गरेका हुन् । 

सानिमा लाइफ इन्स्योरेन्सको हाल चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । समितिले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।

मर्जरमा जाने भएपछि नेपाल स्टक एक्चेञ्जले असार २९ गतेबाट दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । मर्जर प्रक्रिया सकिएपछि कारोबार फुक्का हुनेछ ।