एनएमबिले बिदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षीत गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय समझदारी गरेको छ ।
समझदारी सँगै एनएमबि बैंक फ्लाइवायरको तर्फबाट विश्वभरका १,७०० भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र एनएमबी बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाइवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे । त्यसै गरी रकम प्राप्त हुने संस्थामा पनि ट्युशन शुल्कहरु सजिलै ट्रयाक गर्न र बिभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरु पुरा गर्नु पर्ने बाध्यता थियो । हाल एनएमबि बैंक र फ्लाईवायरले संगसंगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागी एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियूक्त सेवा प्रदान गर्दै आएका छन् ।