शनिबार, आश्विन १७ गते २०८३

नेपालकाे भूमि प्रयाेग गरेर चीनका बिरूध्द कुनै गतिबिधि नहाेस् भन्नेमा चीनकाे जाेड

आषाढ २७, २०७९ सोमबार
नेपालकाे भूमि प्रयाेग गरेर चीनका बिरूध्द कुनै गतिबिधि नहाेस् भन्नेमा चीनकाे जाेड

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान चाओले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज भेटवार्ता गर्दै छन् ।

आज बिहान सुन्दरीजल क्षेत्रको भ्रमण गरेपछि उनीसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।

तदन्तर लिउले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने कार्यक्रम तय भएको छ । भोलि बिहान लिउले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । उनी पर्सि बुधवार बेइजिङ फर्कने छन् ।

हिजो काठमाण्डौ आएका उनले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटिसकेका छन् । भेटमा उनले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिएका छन् ।

नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको उनले बताएका छन् । सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको उल्लेख गरेका छन् ।

नेपालकाे संसदले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गरेपछि नेपाल भ्रमण गर्ने लिउ दोस्रो उच्च चिनियाँ अधिकारी हुन्। यसअघि गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपाल भ्रमण गरिसकेका छन् । नेपालको भूमि प्रयोग गरेर आफ्नो देशलक्षित कुनै पनि गतिविधि नहोस् भन्ने चीनको निरन्तरकाे अबिच्छिन्न चाहना रहने गरेकाे छ ।