काठमाडौं । जापानका भूतपूर्वप्रधानमन्त्री शिञ्जाे आबेमाथि गोली प्रहार भएको छ । उनी जापानको पश्चिम क्षेत्रमा रहेको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनमाथि गोली प्रहार भएको बताइएकाे छ ।
उनले सडकमा भाषण गर्दै गर्दा गोली लागेको ठाउँबाट रगत बगिरहेको देखेपछि उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान गर्दै अस्पताल लगिएको थियो । जापानका समाचार माध्यमहरूका अनुसार उनी बेहोस अवस्थामा रहेका छन् ।
जापानकाे नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएका आबेको अवस्था गम्भीर रहेको बताइएकाेछ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेकाे पनि प्रहरीले जनाएको छ ।