शनिबार, आश्विन १७ गते २०८३

पटकपटक विवादित बनेका अर्थमन्त्री शर्माले दिए राजीनामा

आषाढ २२, २०७९ बुधबार
पटकपटक विवादित बनेका अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधी सभाकाे बैठकमा सम्बाेधन गर्दै उनले संसदीय छानबिन समितिलाई सहयाेग गर्न राजीनामा दिएकाे बताएका हुन् ।

बजेट निर्माणको टुंगो लागिसकेपछि मध्यरातमा अनैतिक तवरले बाहिरिया ब्यक्तिद्वारा चलखेल गराइ करका दरमा हेरफेर गरेको गम्भीर आरोप उनीमाथि लागेको थियो । 

संसदमा नेकपा एमालेले  लगातारको विरोधका कारण संसद्ले छानबिन समिति बनाएको थियो । एमालेको माग बमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो । एमाले सा‌सदहरुले अर्थमन्त्रीकै पदमा बसिराखे उनीमाथि छानबीन गर्न नसक्ने अडान राखेपछि शर्मा राजिनामा गर्न बाध्य भएका हुन् । 

बजेट निर्माणको टुंगो लागिसकेपछि मध्यरातमा अनैतिक तवरले बजेटमा हेरफेर गरेको आरोप उनीमाथि लागेको थियो । 

संसदमा नेकपा एमालेले  लगातारको विरोधका कारण संसद्ले छानबिन समिति बनाएको थियो । एमालेले अर्थमन्त्रीकै पदमा बसिराखे उनीमाथि छानबीन गर्न नसक्ने अडान राखेपछि शर्मा राजिनामा गर्न बाध्य भएका हुन् । 

“मेरो राजीनामा माग्ने सबैको सम्मान गर्दै राजीनामा दिएको छु,” उनले भने, “मैले गल्ती गरेको छैन । तपाईंहरु तथ्यमा गइदिनुहोला ।”

जेठ १४ गते राति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिको उपस्थितिमा निश्चित घरानालाई फाइदा पुग्नेगरी करका दर हेरफेर गरेको आरोप उनीमाथि पछिल्लोपटक लागेको थियो ।

त्यसअघि पनि उनीमाथि लगातार आरोप लाग्दै आएको थियो । सीमित उद्योगीलाई फाइदा पुग्नेगरी आयातमा छुट दिएको, सेनेटरी प्याडको आयातमा विभेदकारी नीति ल्याएको आरोप उनीमाथि थियो ।

नेपालमा अर्बौँ लगानीमा खुलेका सेनेटरी प्याडका कम्पनी शर्माले दिएको कर छुटका कारण बन्द हुने अवस्थामा पुगेका थिए । उनले विदेशबाट आयात हुने सेनेटरी प्याडको भन्सार घटाइदिएका थिए । बिचौलियाको प्रभावमा परेर उनले यस्तो काम गरेको आरोप थियो ।

त्यसैगरी प्रतिशोध राखेर गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेका थिए । सर्वोच्चले गभर्नरमाथिको कारवाही उल्टाइदिएको थियो ।