हालै अमेरिकाको सर्बोच्च अदालतले झण्डै ५० बर्ष पुरानो ‘रो बिरुद्ध बेड’ फैसालालाई उल्टाउने काम गरेर अमेरिकामा गर्भपत्तन सम्वन्धि संबैधानिक संरक्षण समाप्त पारिदिएको छ । यस फैसलापछि बिश्व स्तरमै यसले महिला अधिकार र स्वतन्त्रताको बहसलाई पुन: तीब्र तुल्याइदिएको छ । अहिले यस सम्वन्धमा के प्रश्न उठिरहेको छ भने यसले महिला अधिकार र उनीहरुको स्वतन्त्रता बिपरीत संकीर्ण भावको परिचय त दिएको छैन ? प्राज्ञ क्षेत्रदेखि लिएर महिला स्वतन्त्रता तथा समाताको बिचारका बीच आज यो ज्वलन्त प्रश्न खडा भएको छ कि सबल लोकतन्त्रको उपासक भनिने गरेको र मानबाधिकारको अग्रदूत भनेर दाबी गर्ने गरिएको अमेरिकामा गैर लोकतान्त्रिक तथा महिला स्वतन्त्रता एबं उनीहरुको हक अधिकार बिपरीत निर्णयको संरक्षण किन भयो ?
उल्लखनीय छ कि अमेरिकामा महिलाहरुको गर्भपत्तनको अधिकार सम्वन्धि कानुन १९७३ को ‘रोड बिरुद्ध बेड’ मुद्दासँग जोडिएको थियो । २२ बर्षको उमेरमा सुरक्षित गर्भ पत्तनको मुद्दा सर्बोच्च अदालतमा लैजाने नेर्मा मेककोर्बे नै ‘रो’को नामले जानिने गरिन्छिन् । यस मुद्दामा ‘रो’ बादी थिइन् र वेड प्रतिबादी । ‘बेड’ को नाम हेनरी बेड हो जो अमेरिकाको डलास काउण्टी(टेक्सस) का तत्कालीन जिल्ला एटर्नी रहेका थिए । १९७१ म जतिबेला ‘रो’ गर्भपत्तन गराउन असफल रहेपछि उनले सर्बोच्च अदालतमा एउटा याचिका दायर गरेर सुरक्षित गर्भपत्तनलाई सहज बनाउन निबेदन दर्ता गरिन्् । उनले के पनि माग राखेकी थिइन् भने गर्भधारण र गर्भपत्तनको निर्णय गर्ने अधिकार महिलाहरुलाई हुनु पर्दछ, सरकारलाई होइन । त्यसको ठीक दुइ बर्ष पछि १९७३ मा त्यहाँको सर्बोच्च अदालतका ९ जना न्यायाधीशहरुको बेञ्चले १९७३ मा ७—२ को बहुमतले गर्भपत्तनलाई कानुनी हैसियत दिने निर्णय गरेको थियो । त्यो फैसला नै अमेरिकामा ‘रो’ एण्ड ‘बेड’ मद्दाकोरुपमा चर्चित हुनपुग्यो । त्यो निर्णय सुनाउँदै अदालतले गर्भपत्तन कानुनलाई मान्यता दिएको मात्रै होइ राज्यका ती सबै कानुहरुलाई पनि अबैध घोषणा गरिदिएको थियो जसले गर्भपत्तनलाई अबैध मानेका थिए । अदालतले गर्भपत्तनलाई मञ्जुरी दिदै त्यसलाई महिलाहरुको मूलभूत अधिकार मानेको थियो ।यसका साथै अमेरिकी संबिधनको १४औं संशोधनको भावना अनुरुप यसलाई नीजी अधिका(च्ष्नजत तय एचष्खबअथ )सँग सम्बद्ध मानेको थियो । त्यो ऐतिहासिक फैसला पूरै बिश्वमा गर्भपत्तनको कानुनको लागि एक बेञ्चमार्क(नमूना) बनेको थियो ।अदालतकाके फैसलापछि अमेरिकाका कयौं भागहरुमा यसको तीब्र बिरोध पनि भएको थियो । धार्मिक संस्थानहरु र रुढीबादी समूहहरुले यस फैसलाका बिरुद्ध जोडदार बिरोध पनि गरेका थिए । त्यस आन्दोलनलाई ‘प्रोफाइल मुभमेण्ट’ भन्ने संज्ञा दिइएको थियो ।

यस आन्दोलनमा जोडिएका मानिसहरुले यो गर्भपत्तनलाई भ्रूण हतयाकारुपमा पनि हेर्दथे ।त्यहीं अर्कोतिर महिला संगठनहरु र नारीबादीहरुले चलाएको आन्दोलनले रुचाएको कुरालाई यसले समर्थन गर्दछ र साथसाथै र गर्भपत्तनलाई भ्रूण हत्या मान्दैन । गर्भपत्तनको बिषय महिलाहरुको ‘जीवनकिो स्वतन्त्रता’सँग जोडिएको तिनको मूल आधिकार हो । बताइदैछ कि अमेरिकामा गर्भपत्तनको मुद्दा केवल सामाजिक मानबीय र स्वास्थ्यसँग सम्वन्धित मात्रै होइन यो राजनीतिबाट पनि प्रभावित मुद्दा हो । यसमा रिपब्लिकन पार्टी भने गर्भपत्तनमाथि रोक लगाउने कुराको समर्थन गर्दथ्यो । यस कारण त्यस पार्टीका सरकार भएका कतिपय राज्यहरुले त्यसमाथि प्रतिबन्ध लगाउने कानुनी बन्दोबस्त गरेका छन् । तीमध्येकाकै एउटा राज्य मिसिसिपी हो । त्यहाँ १५ हप्ताभन्दा माथिको गर्भपत्तनलाई अबैध मानिएको छ र प्रतिबन्धित छ । निश्चितरुपमा अमेरिकाको सर्बोच्च अदालतको यस फैसलाको दूरगामी परिणाम आउने छ । किनभने सामाजिकरुपमा निश्चयनै एउटा ठूलो जनसंख्याको स्वतन्त्रतामाथि यसले प्रतिबन्ध लगाएको छ । गर्भपत्तन गराउने कानुनी सुबिधा फिर्ता लिए पछि त्यो प्रतिबन्ध लगाउने कानुनी फैसलाले महिलाहरुमाथि अनेक किसिमका थप कठिनाईहरु खडा हुनपुग्नेछनन् । यसमा स्वास्थ्य सम्बन्धि कठिनाईहरु पनि पर्दछन् । अनि अर्कोरित राजनीतिकरुपले यसको फाइदा रिपब्लिकन पार्टीले उठाउने छ । त्यसको समर्थनको आधार बलियो हुन पुग्दछ । के मानिदैछ भने सम्भबत: यसै कारणले अमेरिकी राष्ट्रपति जो बाइडेन यस फैसलाको बिरोध गरिरहेका छन् ।
अदालमा यस्तो फैसला गराइनुको पछाडि अमेरिकामा ठूलो संख्यामा गर्भपत्तनको बढदो मामिला हुन् हो भनेर बताइदैछ । तथ्यांकका अनुसार २०१७ को तुलनामा २०२० मा सरदर हरेक पाँचजना गर्भबती महिलामध्ये एकजनाले गर्भपत्तन गराएको थियो । अमेरिकाका धेरैजासो दक्षिणी र मध्य पश्चिमी राज्यहरुमा यो गर्भपत्तनलाई अबैध गर्न सकिन्छ भने अर्कोतिर त्यहीका कतिपय राज्यहरुमा यसमा छुट दिन पनि सकिन्छ भनिदैछ । एकातिर जहाँ अमेरिका समेत कतिपय पश्चिमा राष्ट्रहरुले गर्भपत्तनको अधिकारलाई कटौति गरिरहेका छन् भने यता भारतले भने न्यायिक गर्भपत्तनको सीमालाई बढाइरहेको देखिन्छ । जे भए पनि यो गर्भपत्तन बिरोधी कानुन नारी बिरोधी सोचकै प्रतिबिम्ब हो भनेर औंल्याइदैछ । यसमा बिश्वका सबै देशहरुले आत्ममन्थन गर्नु एकदमै आवश्यक छ भन्ने बिचारहरु पनि प्रवाहित भइरहेका छन् । उनीहरु संकीर्ण बिचारबाट मुक्त भएर महिला अधिकारको हिफाजत गर्नु पर्ने कुरा पनि जोड दिरहेका छन् ।