काठमाण्डाै चौतर्फी महँगी, चरम मलको अभावका बिरुद्ध संयुक्त बिरोध प्रदर्हन गर्दै आएका ६ बाम दलले आज मण्डलाका एक बिरोध कार्यक्रमका बीच संसदमा प्रस्तुत गरिएको राष्ट्रघाती नागरिकता बिधेयकलाई सांकेतिकरुपमा जलाएको छ । त्यस अवसरमा प्रहरी र बिरोध प्रदर्शनकारीका बीच केही बेर धकमधक्का चलेको थियो । प्रहरीहरु प्रदर्शनकारीहरुले जलाएको बिधेयकको प्रति खोस्थे भने प्रदर्शनकारीहरुले पुन: अर्को बिधेयकको प्रति सल्काउँने प्रयत्न गर्थे । यस क्रममा प्रदर्शनकारीहरुले प्रहरी दमन बन्द गर, नागरिकता बिधेयक खारेज गर, सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं, भारतीय बिस्तारबाद मूर्दाबाद, अमेरिकी साम्राज्यबाद मूर्दाबाद, स्वाधीनताकाे रक्षा गराैं, बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नाराहरु लगाउँदै बिदेशीलाई नागरिकता दिने नागरिकता बिधेयक खारेजीका निम्ति ६ बाम सम्वध्द दलका नेता तथा कार्यकर्ताहरु जाेड दिएका थिए ।
६ बाम दलको तर्फबाट नेकपा(बहुमत)का नेता कृष्ण धमलाले सञ्चालन गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनरायण सुबेदी, नेकपा(क्रान्तिकाकारी माओबादी)का नेता परि थापा, नेकपा(मसाल) महाधिबेशन समन्वय समितिका नेता राम बहादुर बुढा तथा नागरिक कार्यदलका संयोजक साध्यबहादुर भण्डारीहरुले सम्बोधन गर्दै बिदेशीलाई नागरिकता दिन लक्षित नागरिकता बिधेयक खारेज हुनु पर्ने र नागरिकता पाउन योग्य सबै नेपालीलाई नागरिकता दिन पर्ने मूल मुद्दामा जोड दिदै बिदेशी सामु आत्म समर्पण गर्ने सत्ताशीनहरुको तीब्र आलोचना गर्दै म्याद नाघिसकेकाे पूँजीवादी संसदीय ब्यबस्थाकाे बिकल्पमा नयाँ जनबादी गणतन्त्रकाे स्थापनाले मात्र देश र जनताका समस्या हल गर्ने र स्वाधीनताकाे रक्षाा गर्ने कुरा प्रष्ट्याएका थिए ।