संस्कृतमा एउटा आहान छ, अल्पज्ञानम् भयङ्करम्..... अर्थात् थोरै ज्ञान भएको मानिस भयङ्करजस्तो देखिन्छ, यथार्थमा त्यो केही पनि हुँदैन । यो कुरा कर्मकाण्डिया मानिसहरूमा बढी लागू हुन्छ । कतै नभएको स्वर्ग र नरकको बखान लाउँछन् तिनीहरू । कतिपयले भन्थे स्वर्ग र नरक यहीँ छ । प्रभुपादको व्याख्या भएको श्रीमद्भागवत गीताका अनुसार पृथ्वीको सबभन्दा उँचा भाग स्वर्ग हो । स्वर्गभन्दा माथि गोलोक छ, जो श्रीकृष्णको धाम (क्षेत्र) हो । जहाँ कुनै जीव प्राणीहरू जन्मे पनि मर्दैनन् । भनाइको अर्थ हो मृतात्मा कुहिँदैन ।
यसरी हेर्दा हाम्रा हिमाली शृङ्खलाहरू स्वर्ग र त्योभन्दा माथिको लोक गोलोक अर्थात् आजको तिब्बेत मान्न सकिन्छ । संस्कृतमा नर भनेको मानिस र क भनेको बसोबास हो । नरक भन्नाले मानिसको बस्ती भन्ने अर्थ लाग्छ । तसर्थ स्वर्ग र नरक यहीँ छ भन्ने किंवदन्ती सही हो भन्न सकिन्छ । अर्को हो कतिपय कर्मकाण्डिया बाहुनहरू पुराणवाचक पनि छन्–ले श्रीकृष्णलाई गोपिनी नचाएको, गोपिनीसित राशलीला गरेको किस्सा बनाएर सुनाउँछन् । कङ्श मारेपछि कृष्णले गोपिनीसित राशलीला गरेको कथा सुनाउँछन् । कङ्शवध गर्दा श्रीकृष्णको उमेर लगभग ११ वर्षको हुँदो हो । ११ वर्षको मान्छेले १६०० गोपिनी समान किसिमले कसरी सम्भोग गर्न सक्छ ? यस्ता पत्याउनै नसक्ने किस्सा बनाएर बाहुनहरूले श्रीकृष्णको हुर्मत लिएको वर्षौं भयो । कसैले प्रतिवाद गरेको थाहा पाउन सकिएन । ठाउँ ठाउँमा यिनै बाहुनहरूले कृष्णकी प्रेमिका राधा भनेर हल्ला चलाएका चलायै छन् । वास्तवमा राधाको १२ वर्षमै अर्यनसित विवाह भयो । उनको विवाहपछि श्रीकृष्णको जन्म भयो । उनीहरूबीच देखादेख त भयो होला तर उनीहरूबीचमा सिर्फ एकपटक बोलचाल भएको सम्म लोक लाई थाहा छ, अन्यथा त्यस्तो प्रेम, प्यार भएको थाहा छैन ।
श्रीकृष्णको वास्तविक नाम वासुदेव हो, उनी वर्णमा काला भएकाले कृष्ण भनिएको हो । उनको इन्द्रसित ठूलो द्वन्द्व थियो । इन्द्रले पानी नदिएर मानिसलाई मारमा पारेको वेला गोवद्र्धन पर्वत उठाएर पानी ल्याएर लोकको रक्षा गरेको भन्ने पनि कथा छ । श्रीकृष्णलाई ग्वालानायक पनि भनिन्छ । उनी गोठाला समूहका नेता पनि थिए । एकपटक कङ्शको राज्यमा कामधेनु गाई हरायो । राजाले ठाने कुनै गोठालाले गाई लुकायो । केही गोठालाहरू पक्रेर केरकार ग¥यो, तर गाई पत्ता नलागेपछि सबै गोठालाहरूलाई पक्रेर जेलमा हालियो । गाई नभेटुञ्जेल ग्वालाहरू जेलमुक्त नहुने भएपछि गोपिनीहरूले श्रीकृष्णलाई गुहारे । कङ्श श्रीकृष्णका मामा थिए । श्रीकृष्णले पनि मामासित ग्वालाहरू छोडिदिन आग्रह गरे । कङ्शले मानेनन् र उनले कङ्शलाई मारे र सम्पूर्ण गोठालाहरूलाई मुक्त गरे । यी मुक्त भएका गोठालाहरू आ–आफ्ना घर गए, त्यो वेला प्रत्येक गोपिनीले आफ्ना पतिको अनुहारमा नजर लाउँदा श्रीकृष्णजस्तो देखे । बस् भएको घटना यत्ति हो । अर्को कुरा श्रीकृष्ण जेलमा जन्मे, उनलाई बचाउन नन्द दरबार लगियो । उनको ठाउँमा बालिका जेलमा ल्याइयो । बालक जन्मेको कङ्शले थाहा पाए, उनलाई बालकले मार्छ भनिएको थियो । तसर्थ उनले राज्यका सबै बालकहरू खोजी खोजी मारे पनि । यो थाहा पाएर एकजना ब्राह्मणले उनलाई बचाउन राधासित बिहा बोल्दिए । किन कि विवाहितबाट कङ्शलाई कुनै डर थिएन । यो कुरा श्री कृष्णका न्वारान गर्ने गुरु गर्गऋषिले गर्गसंहितामा लेखेका छन् । गर्गसंहितामा के पनि लेखिएको छ भने राधाले हरेक साँझ श्रीकृष्णलाई कटिमा बोकेर नन्द दरबार पु¥याउँथिन् । यसरी हेर्दा राधा दरबारमा सुसारे थिइन् र बालक श्रीकृष्णको स्याहार संरक्षण गर्थिन् भन्ने अर्थ लाग्छ । अर्काथरि कर्मकाण्डिया बाहुनहरूले श्रीकृष्णका रुक्मिणीसहित ४ पटरानी थिए भन्ने मनोगढन्ते किस्सा बनाएका छन् । जब कृष्ण कहिल्यै राजा नै भएनन् । राजा नभएको मानिसका कसरी ४।४ वटी रानीहरू भए ? लाञ्छना लगाउँदा पनि पत्यार लाग्ने त लाउनु नि ! वास्तवमा महाभारतमा द्रौपदीलाई सभामा नाङ्गो पारेर हुर्मत लुटेपछि श्रीकृष्णले ५ पाण्डवहरूलाई एउटी नारीको बेइज्जति गरिंदा के हेरेर बस्छौ, भुसतिघ्रे हो ? भनेर हकारेका छन् । यही नारी अपमानका कारण श्रीकृष्णले पाण्डवको पक्ष लिएर महाभारतको युद्धमा भएभरका राजाहरूको नाश गराएका थिए ।
श्रीकृष्णले गीतामार्फत कर्मलाई जोड दिएका हुँदा भ्रम छरेर खाइआएका बाहुनहरूले श्रीकृष्णलाई बद्नाम गर्न अनेकौं किस्साहरू रचेका हुन सक्छन् । वेद वेदान्तमा कहीँ कतै नभएको सराद्धेफराद्धे सिर्जना गरेर खाने बाटो बनाएका बाहुनहरूलाई श्रीकृष्णले ढोंग र पाखण्डको संज्ञा दिएका हुनाले उनीविरुद्ध बाहुनहरू लागेका हुन सक्छन् । कर्मकाण्डियाहरू आपूmलाई पण्डित भनाउन रुचाउँछन्, तर कृष्णले चाहिँ सुनीश्चैव स्वपाके च पण्डिना समदर्शिना । अर्थात् खास पण्डित (विद्वान्) ले कुकुर, हात्ती वा कुनै पनि प्राणीलाई समान देख्छ भनेका छन् । तर आपूmलाई पण्डित ठान्नेहरू जातीय, वर्गीय र सानो ठूलो, छुवाछुतको भेदभाव राख्छन् । श्रीकृष्णले गीतामा ज्ञानलाई सबैभन्दा ठूलो शक्ति, लगनशीलतालाई सफलता र भक्तिभावले मात्र मोक्षको गति लिनसक्छ भनेका छन् । मोक्ष भनेको क्लेशरहित अवस्थालाई इङ्गित गरेका छन् । आजकाल मोटर, मोबाइल, घडी, रेडियो आदि बनाउने कलालाई विज्ञान भनेको सुनिन्छ । श्रीकृष्णका अनुसार दिव्यज्ञान मात्र विज्ञान हो, जसलाई अब ज्ञानको आवश्यकता पर्दैन । ज्ञानको चरम विकास भएपछि दिव्यज्ञान प्राप्त हुन्छ । त्यो दिव्यज्ञान प्राप्ति नै मोक्ष हो । आजकाल कतिपयले म आध्यात्मिक हुँ र कतिपयले म भौतिक हुँ भन्ने गर्छन् । श्रीकृष्णका परिभाषामा एउटै प्राणीभित्र अध्यात्म र भोतिकता हुन्छ । सोच्ने वा चिन्तन गर्ने अत्म अध्यात्म र त्यसलाई अड्याउने वस्तु हाड, छाला आदि भौतिक हो । भौतिक चीज नाशवान् छ, तर आत्म नाश भएको नदेखिने हुनाले अविनाशी भनिएको हो । आजकाल पूर्वीय, पाश्चात्य भनेर पनि मनलाई विभाजन गरेको देखिन्छ ।
ज्ञान भन्ने चीज न पूर्वीय हो, न पाश्चात्य हो । कुनै नदी पूर्वीय र पाश्चात्य हुन्छ ? कुनै हावा, पानी, माटो पूर्वीय र पाश्चात्य हुन्छ ? यो त विखण्डनकारीहरूले पैmलाउने अफवाह मात्र हो । कोही क्रिश्चियन होला, कोही हिन्दू, कोही बुद्धिष्ट, कोही मुस्लिम वा कोही केही नहोला, पहिला मानिस मानिस हो । यसमा भेद हाल्ने मानवताको शत्रु हो । त्यो व्यक्ति न लेखक हुन्छ, न दार्शनिक हुन्छ, हुन्छ त केवल मानव विकासको तगारो । एउटा कतै सुनेको कुरा लेख्तैमा लेखक होइन्न, थोत्रा र खिसीट्युरीयुक्त किस्सा हाल्दैमा पण्डित होइन्न । यो केवल अल्पज्ञानम् भयङ्करम् मात्र हो । किमधिकम्, इत्यलम् ।
महाकवि देवकोटा आश्रम, हालः बेघर ।
रेग्मीजीकाे मुहारपुस्तिकाबाट साभार