शनिबार, आश्विन १७ गते २०८३

आइएमई जनरल इन्स्योरेन्सको सहकार्य काठमाडौँ प्याथ ल्याबसँग 

आषाढ १७, २०७९ शुक्रबार
आइएमई जनरल इन्स्योरेन्सको सहकार्य काठमाडौँ प्याथ ल्याबसँग 

 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब तथा डाग्नोस्टिक सेन्टबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब तथा डाग्नोस्टिक सेन्टर का प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौँमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त गर्नेछन् । 

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराएका थिए ।