शुक्रबार, कार्तिक ७ गते २०८३

सिटिजन्स बैंक र होटल हिमालयन भिल्लाबीच सम्झौता, बैंकको कार्ड हुनेले ५० प्रतिशत छुट पाउने

आषाढ १६, २०७९ बिहीबार
सिटिजन्स बैंक र  होटल हिमालयन भिल्लाबीच सम्झौता, बैंकको कार्ड हुनेले ५० प्रतिशत छुट पाउने

सिटिजन्स बैंक र नगरकोटस्थित होटल हिमालयन भिल्लाबीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारी पश्चात् बैंकका कार्डबाहकले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरुमा ५० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको बैंकले जनाएको छ ।

बैंकले देशैभरी फैलिएका १७६ वटा शाखा, १२८ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।