शनिबार, आश्विन १७ गते २०८३

एनआईसी एशिया बैंकको नयाँ स्किम, निक्षेप रकमको १० गुणा पाइने

आषाढ १६, २०७९ बिहीबार
एनआईसी एशिया बैंकको नयाँ स्किम, निक्षेप रकमको १० गुणा पाइने

 

एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने योजना ल्याएको छ । बैंकले असार १२ गतेदेखि सर्वाधिक उच्च ब्याजदर सहितको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको हो ।

यस योजनामा व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहकले खाता खोल्न सक्नेछन् ।

यही असारमसान्त सम्म कायम रहने योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुइगुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । 

निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने बैंकले जनाएको छ ।