भारतीय मुद्रा कम्जोर बन्दा नेपाली मुद्रा समेत कम्जोर बन्न पुगेको छ । जसकारण डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंंकले एक डलर खरीद गर्न आजको लागि एक सय २६ रूपैयाँ ३४ पैसा तोकेको छ ।
डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ । पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि र भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारु कमजोर हुदै गईरहेको छ ।
कतिपय लगानीकताले ठुलो मात्रामा सेयर बिक्री गरेर पूँजी वाह्य देशमा लैजादा भारतीय मुद्रा कम्जोर बन्दै गएको हो ।गत बिहीबार मात्रै यस्ता लगानीकर्ताहरूले २३ अर्ब १९ करोड रूपैयाँ बराबर सेयर बिक्री गरेको सञ्चारमाध्महरूले उल्लेख गरेका छन्। यसरी रकम बाहिरीन थालेसँगै भारु थप दबाबमा देखिएको छ ।