शनिबार, आश्विन १७ गते २०८३

आयात १७ खर्बले बढ्दा निर्यात भने एक खर्ब८५अर्बको मात्रै

आषाढ ७, २०७९ मंगलबार
आयात १७ खर्बले बढ्दा निर्यात भने एक खर्ब८५अर्बको मात्रै


भन्सार विभागका अनुसार चालु आबको ११ महिनामा कुल आयात  १७ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। यो आयात गत बर्षको तुलनामा  साढे २७ प्रतिशत बढी रहेको विभागले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै एक खर्ब ४५ अर्बको डिजल , ६२ अर्ब ९१ करोडको पेट्रोल र ६९ अर्ब १६ करोडको ग्यास आयात भएको छ।

यसैगरी, सुन २६ अर्ब बराबरको आयात भएको छ। आयात धेरै हुने अन्य वस्तुहरुमा पाम, सन्फ्लावर र सोयाबिन तेल रहेका छन्। यस्तै, निर्यात हुने धेरै वस्तुहरुमा पनि पाम, सोयाबिन, सनफ्लावर तेल अगाडि छन् भने यसपछि अलैंची र विविध किसिमका धागो रहेका छन्। नेपालबाट चालु वर्षको ११ महिनामा एक खर्ब ८५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात् भएको  विभागको तथ्यांकले देखाएको छ।