शुक्रबार, कार्तिक ७ गते २०८३

हिमालयन क्यापिटलद्वारा वुमन लिडका सदस्यहरुलाई उद्यमशीलता प्रर्वधन प्रशिक्षण

आषाढ ७, २०७९ मंगलबार
हिमालयन क्यापिटलद्वारा वुमन लिडका सदस्यहरुलाई उद्यमशीलता प्रर्वधन प्रशिक्षण

हिमालयन क्यापिटल लिमिटेडले वुमन लिड संस्थाका सदस्यहरुका लागि एक दिने उद्यमीशीलता प्रर्वधन प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । पूँजी बजारको दिगो बिकासमा सदैव प्रतिबद्ध रहेको यस हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै उद्यमशीलता को बिकास गर्नका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । 

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरुलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल रुपले संचालन गर्नको निम्ति आवश्यक ज्ञान र शिपहरुको जानकारी र प्रशिक्षण प्रदान गरिएको थियो । व्यापार व्यवसाय स्थापना र संचालन गर्नका निम्ति आवश्यक नियम कानून सम्बन्धि जानकारी, आवश्यकता अनुसार पुंजी को व्यवस्थापन गर्नका निम्ति उचित वित्तीय व्यवस्थापन, उत्पादित वस्तु र सेवाको बजार प्रवर्धन, आयकर सम्बन्धि व्यवस्थाको परिपालन, र ब्यापार व्यवसाय सफल रुपले संचालन गर्न आवश्यक अन्य सिप तथा ज्ञानको बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरि दिगो उद्यमशीलता प्रबर्धन गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो ।

कार्यक्रममा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले देशको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्दै अहिलेको परिवर्तनशील पृष्ठभूमिमा उद्यमीहरुले सार्थक र सान्दर्भिक क्रियाकलाप गर्दै आफ्नो व्यवसाय संचालन गर्नु पर्नेमा जोड दिंदै दिगो रुपले व्यवसाय संचालन गर्न प्राथमिकतामा राख्नुपर्ने बिषयहरु सम्बन्धि जानकारी प्रदान गरेका थिए । हिमालयन क्यापिटलका संस्थागत परामर्श विभागका प्रमुख श्री मुज मानन्धर प्रशिक्षक रहेको उक्त कार्यक्रमबाट ३० जना भन्दा वढी प्रशिक्षार्र्थीहरु लाभान्वित भएका छन् । उद्ध्यम प्रबर्धन सम्बन्धि उक्त कार्यक्रममा वुमन लिड कि कार्यकारी निर्देशक  हिमा बिष्ट तथा हजुरी खाध्य उद्योगकि अध्यक्ष तथा उद्यमी श्री हजुरी बिष्टज्युले पनि आफ्नो उद्यम यात्राका उतारचढाव र अनुभवहरुको बारेमा सहभागीहरुसंग अन्तरक्रिया गरेका थिए ।

क्यापिटलले नेपाली पुंजी बजारमा धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्धन, धितोपत्र प्रत्याभूति, संगठित संस्थाको तर्पmबाट धितोपत्रधनीहरुको अभिलेख, ग्राहकका लागि लगानी व्यवस्थापन, तथा संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ । वित्तीय शाक्षरता तथा उद्यमशिलता बिकाशका निम्ति विभिन्न दर्ता, संचालन, तथा नीतिगत सेवा प्रदान गर्दै आएको हिमालयन क्यापिटल लिमिटेड राष्ट्रमा उद्यम प्रवर्दन गर्नका निम्ति निरन्तर रुपले क्रियाशील रहेकोे छ ।