शुक्रबार, कार्तिक ७ गते २०८३

बिग्रदो पर्यावरण, बिश्वब्यापी चिन्ता र बास्तविकता

आषाढ ६, २०७९ सोमबार
बिग्रदो पर्यावरण, बिश्वब्यापी चिन्ता र बास्तविकता

Flower.jpg
–लोकनारायण सुबेदी
आज बिश्वको बिग्रदो पर्यावरणको नीजी स्तरको चिन्ता, आधा अधूरा सरकारी संकल्पहरु, मन नलागी नलागी गरिएका संस्थागत प्रयासहरु र अन्तर्राष्ट्रिय सम्वन्धमा सामुहीक हित बन्नुको साटो कूटनीतिक टक्करको हिस्सा बन्नाले कयौं पटक अन्तर्राष्ट्रिय पर्यावरण दिवसका यस्ता आयोजनाहरु निष्फल जस्तै बनेको देखिएका छन् । पर्याबरण दिवस मनाउँदै गर्दा अहिलेसम्म भए गरिएका पहलहरुको समीक्षा गरिदा के आभास पाइन्छ भने यस बिषयमा गम्भीरतापूर्ब अझै धेरै कुरा गर्न बाँकी छ । हरेक  बर्ष ५ जूनका दिन मनाइने गरेको बिश्व पर्याबरण दिवसको बेग्ला बेग्लै बिषय केन्द्रित हुने गर्दछ । यो साला अर्थात २०२२ को बिषय थियो ‘पृथ्वी एउटा मात्र छ’भन्ने थियो ।

 अहिलेसम्म बैज्ञानिक खोजकर्ताहरुले भनेका छन् – झण्डै ४६ बर्षको आयु पाइसकेको हाम्रो यो धरती स्वयंमा निकै नै अनौठो छ  । अहिलेसम्म उपलब्ध ज्ञानका अनुसरा जीवन भन्ने कुरा यही धरतीमा मात्रै हुर्किन पाएको छ र हुर्किरहेको छ । यो जीवन ब्रह्माण्डका कुनै अन्य ग्रहमा रहेको सम्भावना अहिलेसम फेला परेको छैन । अर्थात् नभएकै बराबर छ भने कुनै फरक पर्दैन । मानिसले बिज्ञानको खोज अनुसन्धाबाट अहिलेसम्म जुटाईका प्रामाणिक ज्ञान र जानकारीले यही नै भन्दछ । आज हामीले यो पृथ्वीवमा जस्तो किसिमले जीवन बँचिरहेकाछौं र संसार देखिरहेका छौं त्यसका लागि यो पृथ्वीले करोडौं बर्षको संघर्षलाई झेलिसकेको छ ।
 करीब करीब १३ अर्ब बर्ष पहिला एक महाबिस्फोट अर्थात् ‘बिग ब्याँङ्ग’ बाट बनेको ब्रह्माण्ड साथ त्यसो त यो पृथ्वी आएको भन्छन् बैज्ञानिक खोजकर्ताहरु । तर त्यसमा ग्यास, धूलो र धुवाँ मात्र रहेको थियो । कालान्तरमा गएर यो बन्दै गरेको पृथ्बी पग्लिएको लाभाको गोला जस्तो बन्यो । त्यो बिस्तारै बिस्तारै चीसो हुँदै गयो । यसरी नै अन्य बिभिन्न ग्रह, उपग्रहहरु त्था क्षुद्र ग्रहहरुसँग कक्कराउने र अनकौं बिस्फोटन हुने प्रकृयाबाट गुज्रँदै जाने क्रममा यो हामी बसेको पृथ्वीको बेग्लै अस्तित्व बन्न पुग्यो । खरानी, धुवा आदिवाट बाद तथा अन्य बिभिन्न अबधिमा आएका कम्तिमा तीनवटा हिम युगका बीचबाट बाटो बनाउँदै यो पृथ्वीले शायद यस कारण जीवत रहनु परेको होला कि यसको भागमा बनस्पति र प्राणी जगतको जीवन बिकसित गर्ने जिम्मेदारी बनेको थियो । यसमा करोडौ बर्षहरुका बर्षाले निर्मित भएका समुद्रहरु र अन्य जल भण्डार(वाटर बडीज)का बीच बनस्पतिहरुको संसार बिकसित भयो ।
 अथाह गहिरा समुद्रका तलका अन्धकारहरुमा एक कोषीय जीवबाट प्राणी जगतको हलचल शुरु भयो होला । त्यसपछि सूर्यका तापले ऊर्जा प्राप्त गर्नु पर्ने आवश्यकताले जीव जन्तुहरु पानीबाट बाहिर निस्केर आउन थाले । यसै समयबाट जैब बिबिधताको नयाँ युग संसारमा शुरु भयो र त्यो लाखौ किसिमका नश्लहरुको कारक बन्न पुग्यो । यसै क्रममा आकाशबाट खसेको एउटा भयानक ठूलो चट्टान पृथ्बीसँग टकराउन जाँदा कयौ बर्षसम्म पूरै पृथ्वीमा राज गर्ने गरेको डायनासोर नामको भयानक जीवहरु एकएक लोप हुन पुगे । अनि मूसा आकारका स्तनधाधरी जीवहरु द्यूलाहरुबाट बाहिर निस्केर आफ्नो बिकास गर्न थाले । अनि यस स्थितिबाट पनि क्रमश: अझ अगाडि बढ्र कयौ किसिमका बनमान्छे मध्येको एउटा प्रजाति ‘होमो स्यापियन्स’ उत्पन्न हुन पुग्यो । जुन आजको मनुष्य जातिको पूर्खा मानिन्छ । 

 यो मानब प्रजातिबाट पृथ्वीलाई त्यतिबेलासम्म खतरा मानिएको थिएन जबसम्म त्यसले पृथ्बीसँग सामाञ्जस्यता कायम गरेर जिउने गरेको थियो । केही हजार बर्ष पहिलासम्म हात खुट्टा दुबै टेकेर हिड्ने डुल्ने यस जीवले जब रुखबाट ओर्लेर दुइ खुट्टतले मात्र टेकेर हिड्न शुरु गर्यो या त्यसरी हिड्न सिक्यो त्यसबाट उसको शतत बिकास हुँदै गयो । त्यस क्रममा पाषाण युग, धातु युग, कृषि युग र अन्तत बर्तमान औद्योगिक युगसम्म पुग्ने मनुष जातिकाके कहानी पृकृतिसँग संघर्ष गर्दै आएको कहाँनी थियो । तर यसको गाथा यस्तो हुँदा हुँदै पनि यो मनुष्य जाति र पृथ्वी बीचको परस्पर आपसी टक्कक बितेको तीन चार सय शताब्दीदेखि मात्रै तीब्र भएको हो । जसले गर्दा पृथ्बीलाई धक्का लाग्यो, चोट पुग्यो र पर्याबरण समस्याकोरुपमा आज यो खडा हुुन पुग्यो । 
 बैज्ञानिकहरुको निष्कर्शका अनुसार पृथवी र त्यसमाथि प्राणीहरु त्था बनस्पतिहरुको जीवन अहिलेसम्म करोडौ बर्ष बाँकी नै छ । यद्यपि बिश्व प्रसिछ खगोलशास्त्री स्टेफिन हकिन्सको यस सम्बन्धमा के मान्यता रहेको थियो भने मानिसले पृथ्बीको बिनाशका लागि शायद यति लामो समय(करोडौ बर्ष) को प्रतिक्षा गर्न चाहँदैन । उनका अनुसार यसका लागि अब केही बर्षहरु मात्र बाँकी छन् । यस प्राकारका अनुमान र अडकल अन्य अनुसन्धानरत बैज्ञानिकहरुले पनि लगाइरहेका छन्  र लगाइसकेका पनि छन् । यस प्रकारको अनुमान र आशंकाको मूल कारण र आधाधर अत्यन्तै तीब्र गतिले बिग्रदो पर्याबरण समस्या नै हो ।

batabarandiwas.jpg
 औद्योगिक गतिबिधिहरु, खनन–उत्खनन, कंक्रिटिकरण तथा बढ्दो शहरीकरणका कारणले तीब्र गतिमा काटिदो बन जंगल र खुम्चिदै गएको हरियाली, नदीनालाहरु सुकेर जाने गरेको स्थिति, पुरिदै र सुक्दै गएका लाल तलैया कुवा आदि, अजंगका यन्त्रहरुले लगाइने गरेका पर्खालहरु, अन्धाधुन्ध दोहनबाट शतत गिर्दै गरेको जल स्तर, बढ्दो गर्मीले पग्लिैदै गएका हिमनदीहरु समेको प्रभावले हामील आज जलगायु परिर्बनको बढ्दो समस्यालाई झेल्नु परिहरको छ र यो क्रम बढ्दो छ । कुनै बेला पानी नपर्ने क्षेत्रमा नै ठूलो बर्षा हुने र बाढी आउने, बृष्टि छायाँ पर्ने क्षेत्रमा बृद्धि, निधारित मनसुनी समयभन्दा पहिला या पछि बर्षा हुने, गर्मी बढ्ने र ची।सो पनि बढ्ने आदि अपूर्बरुपमा बद्लिने प्राकृतिक गतिबिधिले मौसम तीब्र गतिमा बद्लिरहेको प्रष्ट संकेत दिन्छन् र दिइरहेका छन् ।  
 आफ्नो अध्ययन, प्रबिधिको निरन्तरको बिकास तथा बिकसित हुँदै गएको ज्ञानको बलम मासिहरुलाई यो कुरा त थाहा हुन आयो कि पूरा  पृथ्वी नै आज अभूतपूर्ब संकटबाट गुज्रिरहको छ ।तर मानिसहरुको प्रबृत्ति नै यस्तो छ कि यी बढ्दा समस्याहरुबाट पाठ सिक्ने र चेत्ने भनदा पनि आफ्ना क्षुद्र स्वार्थहरुका बशमा परेर तिनलाई पूरा गर्न जिउ छाडेर लागेको देखिन्छ । पृथ्वीका बिभिन्न देशहरुमा आज पानीको असन्तुलित उपयोग, पहाड भत्काउने र जंगल जथाभावी काट्ने, प्लास्टिक निर्मित बस्तुहरुको अधिक मात्रमा उत्पादन गर्ने र  प्रयोगमा ल्याउने गर्नाले स्थिति अत्यन्तै खतरानाक बन्न पुगिसकेको बैज्ञानिक अध्येताहरु औंल्याउँदछन् । 
 बितेको डेढ शताब्दिदेखि यतामात्र स्थल क्षेत्रको तापक्रम १ डिग्री र जलस्थको तापक्रम डेढ डिग्री सेल्सियस बढिसकेको बिश्वका बिज्ञहरुले निरन्तर औंल्याइरहेका छन् । यसको कारण यस बिचमा डेढ करोड बर्ग माइल जति क्षेत्रको जमिन काटिसकिएको छ । आज त समुद्रमा पनि अत्यन्तै भिषण प्रदुष बढिसकेको औंल्याएको छ । बितेको २५ बर्षभित्रैमा भित्रैमा १३ लाख बर्ग माइल क्षेत्रमा बन जगल काटिसकेको अभिलेख छ । त्यसले आज पृथ्बीको वायु, बल र जमिन सर्बत्र प्रदुषण ब्याप्त भएको छ । पर्याबरणको बिनाश खतराको सतहभन्दा माथि गइसकेको औंल्याइन्छ । मानिस, खाशगरी नाफाको लोभले ग्रसित पूँजीवादमा मानिस अन्ध किसिमले लागेको छ र पर्याबरण सन्तुलन राख्न असफल साबित जस्तै भइसकेको छ । त्यसैल आज पर्याबरणको बिनाशमा बिकसित देश जिम्मेवार छन् कि बिकासशील भन्ने चको बहस पनि छेडिएको छ । तर सबैलाई थाहा भइसकेको कुरा छ कि बिकसित देशहरुले प्रकृतिमाथि मनपरी गरेको पाप भने बिकासशील देशहरुको टाउकोमा बोकाउने बहस मात्रै हो  यो। त्यसैले यतिबेला पर्याबरणलाई कसरी जोगाउने, जीवनदायिनी पृथ्वीलाई कसरी जोगाउने र के कस्ता प्रभाबकारी र परिणामदायी ठोस कदम चाल्ने हो र तिनको सबैले परिपालना गर्ने हो बहस त्यसमा हुनु पर्ने आवश्यक छ । अन्यथा यो पृथीमा मानिस लगायत कुनै पनि प्राणी बच्ने छैनन् । त्यसको दोषी भने केवल मानिस मात्र हुने छ ।