शनिबार, आश्विन १७ गते २०८३

संसदीय समितिमा प्रधान सेनापतिकाे जवाफ: कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौं, आशंका नगरौं

आषाढ ३, २०७९ शुक्रबार
संसदीय समितिमा प्रधान सेनापतिकाे जवाफ: कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौं, आशंका नगरौं

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् । 

संसदीय समितिको बैठकमा आज उपस्थित प्रधान सेनापति शर्माले अमेरिकी अधिकारीहरुलाई आफुहरु कुनै पनि सैन्य गठबन्धनमा सहभागि नहुने जानकारी गराएको बताए । 

अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहकार्यका लागि आवेदन दिएको जनाउने पत्र बाहिरिएपछि शर्मालाई नेपाली सेनाकाेआधिकारिक धारणा स्पष्ट पार्न समितिको बैठकमा बोलाइएको हो । 

अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उक्त पत्र सैन्य गठबन्धनका लागि लेखिएको नभइ भूकम्प पछिको मानवीय सहायता लागि लेखिएको शर्माकाे भनाइ छ । उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठीमा सैन्य अलाएन्स माग गरिएको छैन। ’ 

उक्त पत्रको विषयमा कसैलाई दोष दिन नचाहेको भन्दै प्रधान सेनापति शर्माले कुनै प्रकारको सैन्य गठबन्धनमा सहभागि नहुने र यसबारे थप आशंका नगर्न सबैलाई आग्रह गरे ।

समितिकाे बैठकमा परराष्ट्र मन्त्री खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्दे नेपाललाई स्वीकार्य नभएको बताए । उनले भने, “नेपाल भूराजनीतिमा अति संवेदनशील छ, संयुक्त राष्ट्र संघको सदस्य पनि भएकलो यस्ता कुनै पनि प्रकारको सामरिक सैन्य रणनीतिमा जान सक्दैन, यसको च्याप्टर क्लोज भयो ।”