ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच १ः१ अनुपातमा मर्जर गर्ने सम्झौता भएको छ । बिहिबार मर्जरको सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
नयाँ बैंकको नाममा ग्लोबल आइएमइ बिओके बैंक हुने सम्झौतामा उल्लेख छ । नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबलका रत्नराज बज्राचार्य हुनेछन् भने अध्यक्ष चन्द्र ढकाल नै रहनेछन् ।
मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुनेछ। मर्जरपछि पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुनेछ।