शुक्रबार, कार्तिक ७ गते २०८३

सानिमा बैंकको प्रायोरिटी काउन्टरः नयाँ बानेश्वरमा 

आषाढ १, २०७९ बुधबार
सानिमा बैंकको प्रायोरिटी काउन्टरः नयाँ बानेश्वरमा 


सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर  नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ । आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अभै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।

नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं संयुक्त रुपमा गरे। सो समारोहमा डिल्लीराम अधिकारीले लगायत अन्य ग्राहकहरुले नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यबाद दिए । 

साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए । बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा एटिएम संचालनमा रहेका छन् ।