शनिबार, आश्विन १७ गते २०८३

भानु जयन्तीमा बुडाेल सामुदायिकद्वारा निबन्ध तथा कविता प्रतियोगिता विजेतालाइ पुरस्कार वितरण 

आषाढ २९, २०७८ मंगलबार
भानु जयन्तीमा बुडाेल सामुदायिकद्वारा निबन्ध तथा कविता प्रतियोगिता विजेतालाइ पुरस्कार वितरण 

 

बुडोल सामुदायिक सहकारी संस्थाले २०८औँ भानु जयन्तीको अवसर पारेर  आज पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । ६४औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा सम्पन्न निबन्ध तथा कविता प्रतियोगिताको पुरस्कार  वितरण गरिएको हो ।

कोभिड–१९ का कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको कार्यक्रम सुरक्षाका मापदण्डहरु पालना गर्दै आज आयोजना गरिएको हो ।

संस्थाका अध्यक्ष कैलाश के।सी।को सभापतित्वमा सम्पन्न कार्यक्रममा “आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सहकारीको भूमिका” विषयक निबन्ध प्रतियोगिताका विजयीहरु एवं “सहकारीको बचत” विषयक कविता प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा देहाय बमोजिमका भाईबहिनीहरुले देहायबमोजिमका पुरस्कार प्राप्त गर्नुभएको हो ।

निवन्ध प्रतियोगितातर्फ  काभ्रे मा।वि। बनेपा–६, बुडोलकी जमुना रञ्जितकारले प्रथम पुरस्कार नगद ५ हजार, श्वेतवराह मा।वि, बनेपा–२, नालाका प्रवास घिमिरेले द्वीतीय पुरस्कार ४ हजार, चैतन्य मा।वि।, बनेपा–८ का विष्णु श्रेष्ठले तृतीय रु। ३ हजार र चैतन्य मावि, बनेपा–८ का विमली तामाङ्गले  सान्त्वना पुरस्कार २ हजार प्राप्त गरे । 

त्यसैगरी कविता प्रतियोगितातर्फ नैमिषारण्य संस्कृत गुरुकुलम्, बनेपा–६ का प्रतीक पौडेलले प्रथम पुरस्कार रु. ३ हजार, सोही विद्यालयका श्रृजन बडालले द्वीतीय पुरस्कार रु। २ हजार, श्वेतबहार मावि का सुदीप घिमिरले तृतीय पुरस्कार तृतीय रु। १५ सय र धुलिखेल हाइस्कुलकी छात्रा नम्रता न्यौपानेले सान्त्वना पुरस्कार  १ हजार प्राप्त गरेका हुन् । 

विजेताहरुलाई संस्थाको तर्फ अध्यक्ष के.सी.ले बधाई एवं शुभकामना दिँदै सहभागी सम्पूर्ण छात्रछात्रा तथा सम्बन्धित विद्यालय परिवारप्रति कृतज्ञता व्यक्त गरेका थिए । 

budol pura skar.jpg