शनिबार, आश्विन १७ गते २०८३

दक्षिण एसियाले जलवायु परिवर्तनका समस्या सामना गर्दै

आषाढ १, २०७९ बुधबार
दक्षिण एसियाले जलवायु परिवर्तनका  समस्या सामना गर्दै

दक्षिण एसियामा विश्वका सबैभन्दा कमजोर  लाखौलाख मानिसहरू बसोबास गर्छन्। जलवायु परिवर्तनले उनीहरुको आफ्नो कठिन जीवनलाई अझ कठिन बनाइरहेको छ । किनकि त्यस क्षेत्रमा मौसमको चरम अवस्था झन्(झन सामान्य हुँदै गइरहेको छ । यसले गर्दा यो क्षेत्रमा गरिबी, खाद्य असुरक्षा र स्वास्थ्य चुनौतीहरूको समाधान गर्न झनै गाह्रो हुँदै गइरहेको छ।
पाकिस्तानले जङ्गलमा ठूलो आगलागीको समस्या ब्यहोरिइरहेको छ। बंगलादेशमा यो बर्षको मनसुन अघि आएको बाढीका कारण लाखौं मानिस अलपत्र परे । खानेपानीको अभाव झेलिरहेका नेपालका हिमालयका गाउँहरू बगाउने समस्यासँग जुधिरहेका नेपालका अधिकारीहरुले करिब–करिब फुट्न लागेका हिमतालहरु सुकाउने प्रयास गरिरहेका छन्।
अनि यस क्षेत्रको सबैभन्दा ठूलो अन्न आपूर्ति गर्ने भारतमा किसानहरूले बेमौसमी भारी वर्षा र त्यत्तिकै बेमौसमी चर्को गर्मीको सामना गर्नुपरिरहेको छ । असमान्य मौसमले किसानहरूलाई तहसनहस पारेको छ, तीमध्ये धेरैजसो ऋणमा डुबेका छन् र बढ्दो संख्यामा आत्महत्याबाट तिनीहरूको मृत्यु भइरहेको छ। यसले राष्ट्रिय तथा विश्वव्यापी खाद्य सुरक्षालाई पनि खतरामा पारेको छ।
स्वास्थ्य : एउटा नयाँ अध्ययनले पत्ता लगाएअनुसार नयाँ दिल्लीमा वायु प्रदूषणले त्यहाँको आयु झन्डै १० वर्षमा घटाउँदैछ भनी अल जजीराले रिपोर्ट जारी गरेको छ  अनि अनुसन्धाताहरूले अत्यधिक तापले मानिसहरूलाई बिरामी पार्ने र मार्ने गरेको कुराहरू पत्ता लगाएका छन्।

समाचार : एजेन्सीहरु