शुक्रबार, कार्तिक ७ गते २०८३

सिटिजन्स बैंकका ग्राहकले मनकामना हस्पिटलमा १५ प्रतिशत छुट पाउने

जेठ २९, २०७९ आइतबार
सिटिजन्स बैंकका ग्राहकले मनकामना हस्पिटलमा १५ प्रतिशत छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले भरतपुर, चितवन स्थित मनकामना हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त हस्ताक्षर भएसँगै बैंकका कार्डबाहक सेवाग्राहीले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन्  
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ । आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था बैंकले विभिन्न बचत खातामा गरेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए।टि।एम। र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।