शुक्रबार, कार्तिक ७ गते २०८३

ग्लोबल आइएमई बैंकले लाजिम्पाटमा  कर्पोरेट भवन बनाउँदै  

जेठ २७, २०७९ शुक्रबार
ग्लोबल आइएमई बैंकले लाजिम्पाटमा  कर्पोरेट भवन बनाउँदै  

 

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाट स्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निमाण गर्ने भएको छ । 

उक्त भवन निर्माणहेतु भवनको डिजाइज बनाउने सम्झौता समेत गरेको छ । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा.लि.संग सम्झौता गरेको छ । उक्त संझौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटि प्रा. लि.का प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।