शनिबार, आश्विन १७ गते २०८३

यी वस्तु आयातमा नगद मार्जिन हट्यो

जेठ २६, २०७९ बिहीबार
यी वस्तु आयातमा नगद मार्जिन हट्यो


नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडा आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटाएको छ । आज बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो । 

अब उद्योगले कच्चा पदार्थको रुपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन लागू हुने छैन । डलर सञ्चितिमा चाप परेको भन्दै यस अघि केन्द्रीय बैंककले ४९ समूहका ३ सय बढी वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको यो व्यवस्थाले अब व्यापारीले यी वस्तुको आयात गर्न पनि नगद मार्जिन राख्नु पर्दैन ।  अहिले उद्योगले कच्चा पदार्थको रुपमा मात्रै यी वस्तुको आयात गर्न  पाउने राष्ट्र बैंकले जनाएको छ ।