शनिबार, आश्विन १७ गते २०८३

अमेरिकी सेनाका प्यासिफिक कमाण्डका बरिष्ठ जनरल काठमाण्डौ आइसके

जेठ २६, २०७९ बिहीबार
अमेरिकी सेनाका प्यासिफिक कमाण्डका बरिष्ठ जनरल काठमाण्डौ आइसके

काठमाडौँ ।आज अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन काठमाडौँ आइसकेका छन्।

चार दिने नेपाल भ्रमणका लागि उनी  अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे काठमाडौं अइपुगेका हुन् ।

नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको सन्दर्भमा  उनी नेपाल भ्रमणमा आएको बताइएको छ ।
उनको यो नेपाल भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको राजनीतिक बिश्लेषकहरु उल्लेख गर्दछन् ।