शनिबार, आश्विन १७ गते २०८३

‘सम्झनामा तारानाथ शर्मा’ पुस्तक सिक्किममा लोकार्पण

जेठ २६, २०७९ बिहीबार
‘सम्झनामा तारानाथ शर्मा’ पुस्तक सिक्किममा लोकार्पण

 वरिष्ठ साहित्यकार तारानाथ शर्मा ज्यूसँग सम्बन्धित सम्झनामा तारानाथ शर्मा कृतिको सिक्किममा लोकार्पण गरिएको छ । सिक्किम सरकारका मुख्य मन्त्री सम्माननीय पि.एस. गोलेज्यूबाट जेठ २३ गते एक समारोहका बीच पुस्तकको लोकार्पण भएको हो ।

जेन कवि कृष्ण प्रसाईँको सम्पादनमा रहेको कृति जरा फाउन्डेसनले प्रकाशन गरेको हो । सो पुस्तकमा तारानाथ शर्माको निधनको समयमा लेखिएका श्रद्धाञ्जलि र उहाँसँग सम्बन्धित चिठीपत्र र फोटोहरु संकलन गरिएको कुरा जानकारीमा आएको छ ।

samjhanama.jpg

सोही अबसरमा केही दिन अघि नेपालको श्रीअन्तुमा कला एकेडेमी सिक्किमको आयोजनामा अनौपचारिक रुपमा लोकार्पण गरिएको जेन कविता संग्रह घामको आयुको समेत लोकार्पण गरिएको थियो । यि दुबै पुस्तकको सिक्किमको विविध कला एकेडेमी र प्रेस क्लव अफ सिक्किमले हिजो एक समारोहमा पुनः विमोचन ग¥यो र सो कार्यक्रममा कृष्ण प्रसाईँद्वारा जेन कविता वाचन र सिक्किम विश्वविद्यालयको संगीत विभागले एक दर्जन कलाकारहरुबाट सांगीतिक प्रस्तुति गरेको थियो ।

hastaxyar.jpg

त्यस  अवसरमा सिक्किम सरकारका प्रेस प्रमुख सि.पि. शर्मा र पिछडा वर्ग आयोगकी सभापति माननीय पवित्र भण्डारीज्यू सिक्किम विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा.डा.पुष्पा शर्मा, प्रेस क्लव अफ सिक्किमका पत्रकार सर्वश्री माला राणा पुरण तामाङ भीम रावत, अम्बर लाछिकाठी, साहित्यकार अनिता निरौला अधिवक्ता अनिल राई लगायतको उपस्थिति रहेको थियो ।

samjhanama2.jpg

समाचार श्राेत :  साहित्यकार सिर्जना शर्मा